काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले अब प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ुप्रचण्डपन्थीु भन्नुपर्ने सुझाव दिनुभएको छ ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै बाबुरामले प्रचण्डले क्रान्तिकारी सारतत्व र इतिहास बोकेको आन्दोलन र पार्टीलाई आफ्नो निजी संसदीय सत्तास्वार्थको साधनमा परिणत गरेपछि दुर्दशा भएको भन्दै माओवादीलाई प्रचण्डपन्थी भन्नुपर्ने बताउनुभएको हो ।
उहाँले लेख्नुभएको छ, ‘ अब प्रचण्डले नेतृत्व गरेको गुटलाई माओवादी भन्नुभन्दा प्रचण्डपन्थी भन्नु उपयुक्त होला । किनकि माओवादी आन्दोलन केही स्वाभाविक कमीकमजोरी सहित आधुनिक नेपाल राज्य बने यताकै सबभन्दा क्रान्तिकारी र रूपान्तरणकारी आन्दोलन थियो, जसले २०७२ असोज ३ गते जननिर्वाचित संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएसंगै आफ्नो ऐतिहासिक कार्यभार र औचित्य पूरा गरिसकेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच