नेपालले आयुर्वेदिक औषधिमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्नुपर्छ : मन्त्री पौडेल

हिमालय टाइम्स
फाइल तस्बिर

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधिको उत्पादन बढाइ बाहिरि मुलुकबाट हुने आयात बन्द गर्न जरुरी रहेको बताउनुभएको छ ।

बुधवार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले ७५३ वटै पालिकामा आयुर्वेद औषधि विक्री गर्दै आएको भएपनि ९० प्रतिशत आयुर्वेदिक औषधि भने बाहिरबाट आयात गर्नुपरेको बताउनु भयो । वैद्यखानाले माग पूरा गर्नसके बाहिरि मुलुकबाट आयात हुने औषधि बन्द गर्ने बताउनु भयो । उहाँले औषधिको उत्पादन बढाए विक्री गर्ने व्यवस्थित वातावरण सरकारले बनाउने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले वैद्यखानालाई आत्मनिर्भर बनाउन सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्न मन्त्रालय तयार रहेको बताउनु भयो । उहाँले सिंहदरबार वैद्यखानालाई सम्पन्न नबनाएसम्म वैद्यखानाबाट सेवा निवृत्तपछि पाउने सुविधा नपाउने पनि बताउनु भयो । उहाँले सिंहदरबार वैद्यखानालाई अब पनि टालटुल गरेर अघि लैजाने स्थिति नरहेको भन्दै अब सबै मिलेर उकास्नुपर्ने जरुरी रहेको बताउनु भयो । मन्त्री पौडेलले नेपालले आयुर्वेदिक औषधिको मामिलामा आत्मनिर्भर मात्र नभइ निर्यात गर्ने क्षमता बनाउन सक्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब यसका निम्ति अरु संरचनाहरु के आवश्यक पर्छन्, यो समिति बनाउनुपर्छ भने बनाऔँ । मलाई त समिति मन्त्री भन्देलान् भन्ने डर छ । मैले थुप्रै विषयमा समिति बनाएर अघि बढेको छु । समिति बनाएर अघि जानुपर्नेछ भने बनाऔँ । यसको उत्पादन तुरुन्तै वृद्धि गरौँ । यसैले उत्पादन गरेर कमााइ नगर्ने हो भने तपाईंहरुले निवृत्त भएपछि प्राप्त गर्ने सुविधा प्राप्त गर्न सक्नुहुन्न । घाटामा जाने, त्यो सबैलाई राज्यले पड्ताल गर्दै जाने, अब जुन लक्षित समूह हो त्यसलाई केही पनि गर्न नसक्ने, हामीले यि संस्थाहरुलाई यही ढंगबाट यसलाई टालटुल गरेर लगिरहने स्थिति बन्दैन । हामीले यसैबाट र यहीँबाट उत्पादन गर्ने, कमाउने, हामीले सुविधा पनि लिने, कोष पनि बनाउने र निवृत्त भएपनि सेवा लिन पाउने सहज वातावरण बनाउनुपर्छ । हामीले यहाँ गर्नसक्छौँ । हामीले देशभरकै ७५३ पालिकामा आयुर्वेद औषधि जुन विक्री हुन्छ, त्यहाँ ९० प्रतिशत आयात गरिन्छ । यहाँहरुले उत्पादन गर्नुभयो भने आयात बन्द गराउने काम हामी गर्छौं । मैले गर्छु । यहाँका सम्पूर्ण उत्पादन पालिकाका आयुर्वेद औषधि पसलमा जाने स्थिति हामी बनाउँछौँ । यसलाई सम्पन्न संस्थाका रुपमा विकसित गर्न धेरै गाह्रो छैन । विक्री गर्ने व्यवस्थित वातावरण बनाउन सकिन्छ । आयुर्वेद औषधिको मामिलामा आत्मनिर्भर मात्र होइन, निर्यात गर्ने क्षमता बढाउनु पर्छ । निर्यात गर्ने क्षमता बढाए यो संस्था धेरै नै छिटो समृद्ध हुन्छ ।’

स्वास्थ्यमन्त्री पौडेलले सबै मिलेर वैद्यखाना बनाउने संकल्प गर्न आग्रह गर्नुभयो । उहाँले वैद्यखानालाई योगदान गर्ने क्षमताको विकास जरुरी रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
मैथिली साहित्यका वरिष्ठ साहित्यकार डा. रेवतीरमण लालको निधन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारको कार्यलाई प्राथमिकतामा राख्ने काँग्रेसको निर्णय दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक पदार्थ फेला गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक पार्कको शिलान्यास भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन ११ वर्षपछि पुनः सुरु संविधान कार्यान्वयन नै नगरी संशोधनको बहसमा पुग्यौँः जीवन परियार मदन पुरस्कार वीणा राजभण्डारी र जगदम्बाश्री किरण खरेललाई जलवायु अनुसन्धानमा नीतिगत झमेला र लगानी अभाव मुख्य चुनौती : सांसद रेग्मी न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः संविधानविद् अधिकारी परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री छोबीच भेटवार्ता