म्यानचेस्टर । म्यानचेस्टर युनाइटेडले पोर्चुगलका रुबेन अमोरिमलाई प्रशिक्षक बनाउने निश्चित भएको छ । मिडिया रिपोर्टका अनुसार हाल पोर्चुगलको स्पोर्टिङ सिपीका प्रशिक्षक रहनुभएका ३९ वर्षीय रुबेनलाई आफ्नो मुख्य प्रशिक्षक बनाउन म्यानचेस्टर युनाइटेड सहमत भएको छ ।
क्लबको लगातार खराब प्रदर्शनपछि म्यानचेस्टर युनाइटेडले आइतबार आफ्ना प्रशिक्षक एरिक टेन हृयागलाई बर्खास्त गरेको थियो ।
रुबेनलाई भित्र्याउन युनाइटेडले स्पोर्टिङसँग उहाँको १० मिलियन युरोको एक्जिट क्लजअनुसारको रकम तिर्न सहमत भएको बताइएको छ ।
रुबेनले पनि म्यानचेस्टर युनाइटेडको प्रस्तावलाई स्वीकार गरेको बताइएको छ । २०२० को मार्चदेखि स्पोर्टिङको प्रशिक्षक रहनुभएका रुबेनले स्पोर्टिङलाई दुई सिजन लिग जिताउनुभएको छ भने कुल पाँच उपाधि दिलाउनुभएको छ । रुबेन आफ्नो स्पष्ट खेल खेलाउने तरिकाका लागि पोर्चुगलमा परिचित हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच