गणतन्त्रको रक्षा माओवादीको युगीन दायित्व : नारायणकाजी श्रेष्ठ

राजेन्द्र गौतम झापा, संवाददाता
Narayankaji Shrestha
राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 5 mins

झापा । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणको ऐतिहासिक जिम्मेवारी पार्टीले पूरा गरेरै छाड्ने बताउनु भएको छ ।

झापाको दमकमा सञ्चालित पुष्प - धीरेन्द्र स्मृति प्रतिष्ठानको बिहीबार अवलोकन पछि उहाँले भन्नुभयो," संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा सहिद, बेपत्ता र घाइते योद्धाले पुर्‍याएको योगदानको अबमूल्यन हुन पार्टीले दिँदैन, यो ऐतिहासिक दायित्वबाट पार्टी विमुख बन्दैन र बन्न पनि मिल्दैन ।"

शहीद, बेपत्ता र घाइते योद्धाको सपना पूरा गर्ने ऐतिहासिक दायित्वबाट पार्टी पछि नहट्ने दृढता व्यक्त गर्दै उहाँले भन्नुभयो, " पुष्प र धीरेन्द्र जस्ता हजारौंको बलिदानीले सुम्पेको ऐतिहासिक कार्यभार पूरा गरेर मुलुक र जनतालाई नयाँ जीवन दिन माओवादी पार्टी प्रतिबद्ध छ ।" उहाँले शान्ति प्रक्रियाका बाँकी काम पूरा हुनेमा विश्वस्त रहन सबैमा आग्रहसमेत गर्नुभयो । संक्रमणकालीन न्यायका विषयमा दलीय सहमति जुटेसँगै आयोग र ऐन बनाउने आधार तयार भएको उहाँले बताउनुभयो ।

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएको श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आयोगले छिट्टै पूर्णता पाउने र छानबिनको काम अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो," संकमणकालीन न्याय दिने काम छिटो पूरा गर्नुपर्छ, द्वन्द्वकालीन घटनाको छानबिनबाट नै सत्यतथ्य पत्ता लाग्छ ।" उहाँले बेपत्ता र छानबिन आयोगको ऐन संशोधनमा विलम्ब गर्न नहुनेमा जोड समेत दिनुभयो ।

" जातीय, लैंगिक, भाषिक र वर्गीय मुक्तिको आन्दोलनमा पुष्प - धीरेन्द्र लगायत हजारौं मानिसको योगदान छ " वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नुभयो," युगान्तकारी परिवर्तन, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछि प्राप्त उपलब्धिको र सुदृढीकरण पार्टीको युगीन कार्यभार हो ।" अन्य राजनीतिक कुरा नगर्नु भएको उहाँले पार्टीले समाजवादको दर्बिलो आधार तयार गर्न सक्नु पर्ने औँल्याउनुभयो ।

कार्यक्रममा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई, प्रतिष्ठानका अध्यक्ष तीर्थ बस्नेत लगायतले बोलेका थिए । प्रतिष्ठानले सहिद, बेपत्ता र घाइतेका सन्तानलाई नि:शुल्क प्राविधिक ज्ञान दिँदै आएको छ । पुष्प - धीरेन्द्र प्रतिष्ठानद्वारा सञ्चालित शिक्षालयमा कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र जियोमेट्रीक इन्जिनियरिङको दुई वर्षे कोर्स पढाई हुन्छ । त्यहाँ पढ्ने व्यक्तिले दुई वर्ष पढेपछि ५८ हजार आर्थिक सहयोग पाउँछन् ।

तत्कालीन शाही सेना २० ५८ साल मंसिर १९ र २८ गते बेपत्ता पारेका पुष्प र धीरेन्द्र बस्नेतको नाममा सो प्रतिष्ठान खोलिएको हो । २०७५ सालमा प्रक्रिया सुरु गरेको प्रतिष्ठानले २०७७ सालमा ती विषय पढाउने अनुमति पाएको हो । सुरुमा सरकारले ती विषय पढाउन खर्च बेहोर्ने गरेको थियो। त्यहाँ अहिले स्वीस सरकारको आर्थिक सहयोग छ । अध्यक्ष बस्नेतले वर्तमान सरकारले अव्यवहारिक विषय निकालेर आफूहरूलाई नियतवश दु:ख दिन सुरु गरेको नेता श्रेष्ठ समक्ष गुनासो गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कोशी प्रदेश तथा झापा जिल्लाका पार्टी नेताहरूसँग भेटघाट र संक्षिप्त छलफल गरेका थिए । उनीहरूले पार्टीको आन्तरिक र सांगठनिक अवस्था साथै कोशी प्रदेशको विवादित नामका बारेमा जानकारी गराएको सहभागी एक नेताले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राष्ट्रपति पौडेलसमक्ष पाँच देशका नवनियुक्त राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र चेम्बर अध्यक्ष र दक्षिण अफ्रिकाका राजदूतबीच भेटवार्ता माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का सैनामैनामा २५२ योजना सम्पन्न, बजेट खर्च ६४ प्रतिशत अब हुलाकमार्फत घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड निजी क्षेत्रलाई विद्युत व्यापारको लागि दशैँअघि नै अनुमति दिने तयारी गर्दैछौँः उर्जामन्त्री… भोजपुरबाट सुरु भयो शिक्षकको ई–पेन्सन सेवा, अब पेन्सनपट्टा बनाउन काठमाडौं जानु नपर्ने सिद्धार्थ बैंकका सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश साउदीका लागि प्रस्तावित राजदूत सुनारको १०० दिने कार्ययोजना : श्रमिक सुरक्षा र… स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको घटनास्थलमै मृत्यु