रुन्टिगढि गाउँपालिकाद्वारा किसानलाई धान थ्रेसिङ गर्न निशुल्क थ्रेसरको सुबिधा

एल.बि. मगर रोल्पा, संवाददाता
एल.बि. मगर रोल्पा, संवाददाता
Read Time = 2 mins

रोल्पा । रोल्पामा गाउँपालिकाले किसानलाई धान थ्रेसिङ गर्न निशुल्क थ्रेसरको सुबिधा उपलब्ध गराएको छ । रोल्पाको रुन्टिगढि गाउँपालिकाले पहिलो पटक पालिका भित्रका किसानहरुलाई धान थ्रेसिङ गर्न गाउँमै निशुल्क थ्रेसरको सुबिधा उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष जनक पुनले बताउनु भएको छ।

अध्यक्ष पुनकाअनुसार पालिकाको नीति तथा कार्यक्रम अनुसार आवस्यक बजेटको बिनियोजन गरि यस प्रकारको कार्यक्रम सन्चालन गरेको बताउदै खेतीको सिजनमा पालिका भित्र रहेका नौ वटा वडाहरुमा रहेका सम्पुर्ण किसानहरुको गाउँवस्तिमा थ्रेसरले निशुल्क रूपमा धान थ्रेसिङ सुबिधा उपलब्ध गराउने र यो सुबिधा धानका अलावा गहुँ तथा जौ खेतीमा समेत दिइने छ ।

यस कार्यक्रमलाई आफ्नो कार्यकाल भरी निरन्तरता दिने र यो सुबिधा बाट पालिका भित्रका सबै किसानहरुलाई प्रत्यक्ष रूपमा राहत हुने उहाँले बताउनु भयाे । गाउँपालिकाले गाउँबस्तीमै निशुल्क रूपमा धान थ्रेसिङ्‌का लागि थ्रेसरको सुबिधा उपलब्ध गराउँदा बर्षाैं देखिको झन्झटिलो र खर्चिलो रूपमा धान दाउने समस्या बाट छुटकारा पाएकोमा किसानहरुले खुशी व्यक्त गरेकाछन् । पालिकाको यस प्रकारको कार्यले आफुहरुको समय र पैसाको समेत बचत हुने हुँदा आफुहरुलाई ठुलो राहत भएको किसालहरुकाे भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
एसी भएको कोठामा बसेर देश बुझिँदैन : हर्क साम्पाङ मन्त्री बादी र अष्ट्रेलियाली राजदूत अन्स्र्टबीच भेट, सहकार्य विस्तारमा जोड प्रधानमन्त्रीलाई ‘गुप्तवास’ छोडेर संसद्मा आउन सांसद शर्माको आग्रह प्रधानमन्त्रीका विवादित अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग प्रधानमन्त्रीको कार्यशैली र सरकारको कार्यसम्पादनप्रति काँग्रेस सांसद स्वाँरको आलोचना बौधिमाई नगरपालिकामा आइतबार पनि कार्यालय खुल्ने अवैध नदी उत्खनन गर्नेहरु प्रहरी नियन्त्रणमा सरकारी अभिलेख नष्ट हुन नदिन डिजिटलाइजेसन गर्दैछौँ : अर्थमन्त्री डा. वाग्ले कोलम्बिया भूकम्प : मृतकको संख्या १३२ पुग्याे निजी क्षेत्रको वातावरणमैत्री यातायातमा अग्रसरता प्रशंसनीय : प्रहरी महानिरीक्षक कार्की