हुम्ला । हुम्लाको सिमकोट विमानस्थलमा तीन दिनपछि हवाई उडान पुनः सुरु भएको छ । मौसम सफा भएपनि लक्ष्मी पुजाको दिनदेखि हवाई उडान हुन सकेको थिएन ।
नेपालगञ्जदेखि उडान भर्दै आएका निजी र सरकारी स्वामित्वमा रहेको नेपाल एयरलाइन्सको उडान तालिका नभएका कारण सोमबार मात्रै आफ्नो उडान सुचारु गरेको सिमकोट विमानस्थल कार्यालयले जानकारी दिएको छ । सोमबार नेपालगञ्जदेखि सिमकोटका लागि तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेका हुन् ।
आज नेपालगञ्जदेखि तारा र नेपाल एयरलाइन्सले एक एक पटक उडान भरेको विमानस्थलले जानकारी दिएको छ । दुवै एयरलाइन्सले नेपालगञ्जदेखि यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामानसमेत ढुवानी गरेका थिए ।
अन्य दुई वटा सीता र समिट एयरले तीन दिनदेखि उडान भर्न नसकेका हुन् । नेपालगञ्जदेखि उडान भर्दै आएका जहाजले आफ्तो तालिका (सेडुल) अनुसार हुम्लामा उडान भर्दै आएका छन् । मङ्गलबारका लागि नेपालगञ्जदेखि नेपाल एयरलाइन्सले आफ्नो उडान तालिका अनुसार उडान भर्ने भएको छ । भने अन्य निजी जहाजको निश्चित नभएको बताइएको छ ।
नेपालीहरुको महान पर्व दशैँ, तिहार सकिए सँगै सिमकोटमा जिल्ला बाहिर जाने यात्रुको चाप बिस्तारै बढ्दै गएको छ । यो समयमा नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यति धेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको बताइएको छ । सीता एयर र समिट एयरले भने आज उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ । यतिबेला हुम्ला उडान भर्दै आएका जहाजले पूर्वमा धमाधम आफ्नो उडान गरिरहेका छन् ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र