काठमाडाैं । भारतको उत्तरी राज्य उत्तराखण्डमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा परी घाइते भएका २४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने चार जनाको अवस्था गम्भीर रहेकाले हेलिकप्टरबाट ऋषिकेसको एम्समा लगिएको छ ।
उत्तराखण्डको राजधानी देहरादुनबाट २५९ किलोमिटर पूर्वमा अल्मोरा जिल्लाको मर्चुला क्षेत्रमा बस पहाडी सडकबाट चिप्लिएर दुई सय मिटर गहिरो खाडलमा खसेको थियो । जिल्ला अधिकारीकाअनुसार यात्रुबाहक बस गढवालको पौरीबाट कुमाउको रामनगर जाँदै गर्दा करिव ६० जना सवार थिए ।
दुर्घटना लगत्तै पुलिस र उत्तराखण्ड राज्य आपदा प्रतिक्रिया बलले दुर्घटनास्थलमा उद्धार कार्य शुरु गरेको थियो । उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुर्घटनाको म्याजिस्ट्रेट छानबिनको आदेश दिएको र दुर्घटनामा जिम्मेवार अधिकारीहरूलाई निलम्वन गर्न निर्देशन दिइएको बताएका छन् ।
धामीले दुर्घटनामा परी ज्यान गुमाएकाका परिवारलाई करिव ४ हजार ७ सय ५५ अमेरिकी डलर र प्रत्येक घाइतेलाई १ हजार १८८ अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै घाइते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । मोदीले पनि प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका आफन्तलाई करिव २ हजार ३७७ डलर र प्रत्येक घाइतेलाई करिव ५ सय ९४ डलरको आर्थिक राहत दिने घोषणा गर्नुभयो ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच