पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले पोखरामा गरेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।
वाइचोकबाट निषेधित क्षेत्र तोकिएको शहिदचोक जान खोजेका प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो ।
कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कात्तिक ८ गते तेस्रो पटक ७ दिनको म्याद थपिएको थियो । थपिएको म्याद कात्तिक १४ गते बुधवार सकिएको थियो । तर कात्तिक १५ गतेदेखि तिहार बिदा सुरु भएकाले अदालत बन्द हुँदा उहाँको तिहार कास्की प्रहरीको हिरासतमै बितेको छ । र उहाँलाई आज म्याद थपका लागि अदालत पेश गरिएको छ ।
लामिछाने पक्राउ परेपछि राजनीतिक पूर्वाग्रह राखिएको भन्दै रास्वपा नेता, कार्यकर्ताले विरोध प्रदर्शन गर्दै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच