हातहतियार र नक्कली नोटसहित दुई जना पक्राउ

प्रतिकात्मक तस्वीर

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको पश्चिमी भेगस्थित गोडैताबाट हात हतियार र नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ गरेका छन । पक्राउ पर्नेमा भारतीय नागरिक रहेका छन ।

भारत संग सिमा जोडियको गोडैताबाट प्रहरीले बिहार राज्य सितामढी जिल्ला मेजरगंज थाना बसविटा ग्रामपंचायत रसुलपुर गाँउका २६ बर्षिय कुन्नु पटेल र सोहि ठाउँका ३० बर्षिय मुकेश पटेललाई पक्रउ गरेको हो । प्रहरीका अनुसार उनीहरुलाई सिमाबर्ती क्षेत्र गोडैता नगरपालिका–१२, मधुवनीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीले उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल, केएफ आठ एमएम लेखिएको ६ थान र केएफ नौं एमएम ४ थान गोलि, १० थान बण्डलमा १,००० रुपैंयाका नक्कली नोटहरू बरामद गरेको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाही जील्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाईएको जील्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पैदल आईरहेका उनीहरुलाई उक्त स्थानमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथमा अबैध हात हतियार र नक्कली नोट रहेको पाईएपछि पक्राउ गरिएको हो । खुला सिमानको कारण तराई मधेसका जिल्लामा यस्ता पकसिमको बिभिन अपाराधिक घटनाको साथै तस्करि समेत हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?