काठमाडौं । गोल्डेन ड्रागन च्याम्पियनसिपको १५औं संस्करणमा सहभागी हुन भूपेन्द्र गुरुङ बुधबार अमेरिकाको क्यालिफोर्निया प्रस्थान गर्ने हुनुभएको छ । क्यालिफोर्नियास्थित आर्काडिया हाइ स्कुल जिम्नाजियममा हुने प्रतियोगितामा भूपेन्द्रले दुई स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्नुहुनेछ । भूपेन्द्रले ३६ वर्षमाथि उमेर समूहमा ताइची र ट्रेडिसनल चाइनिज फम्समा आफ्नो कौशल प्रस्तुत गर्नुहुनेछ ।
ट्रेडिसनल चाइनिज मार्सल आर्ट्स फेडरेसन, युएसएको आयोजनामा हुने प्रतियोगितामा विभिन्न ३० राष्ट्रका २५० भन्दा बढी खेलाडीको सहभागिता रहने बताइएको छ । विभिन्न तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा भूपेन्द्रले तीन स्वर्ण पदक जित्नुभएको छ । उहाँले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको थियो । उहाँले सन् २०२२ मा भारतको लखनउमा भएको १४औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।
भूपेन्द्रलाई सफलताको शुभकामना दिँदै नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राई र आदिवासी खेलकुद संघ नेपालका प्रशिक्षक इजिकेल परियारले मंगलबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच