✍️ डा. माधव अधिकारी
एभोकाडोलाई नेपालीमा घ्यू फलभनिन्छ । एभोकाडो एक सदाबहार फलफूल हो । यसको व्यावसायिक खेती नेपालमा भर्खर मात्र शुरु हुन थालेको पाइन्छ । एभोकाडोको उत्पत्तीमध्ये अमेरिकाको मेक्सिकोबाट भएको पाइन्छ । विश्वमा यसको खेती उष्णदेखि समशितोष्ण हावापानीमा हुन्छ । यसको मुख्य उत्पादन हुने देशहरूमा अमेरिका, क्युबा, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, इजरायल, दक्षिण अफ्रिका, अष्ट्रेलिया, इन्डोनेसिया, पेरु, फिलिपिन्स आदि देशहरू पर्दछन् तर हाल बिस्तारै यसको खेती एशियामा पनि विस्तार हुँदै गइरहेको छ ।
लाउरेसी परिवारमा पर्ने घ्यू फलको वानस्पतिक नाम परसि अमेरिकाना हो । यसको फल मझौलादेखी ठूलोसम्म हुन्छ । यसको फलभित्र एउटा मात्र विया हुन्छ । जात अनुसार यो फलको रङ गाढा हरियोदेखि हल्का बैजनी र गाढा बैजनी रंगको हुन्छ । फलको खाने भाग क्रिम जस्तो घिउ रङ्गको हुन्छ । त्यसैले यसलाई घिउफल भनिएको हो । फलको आकार जातअनुसार युरोपियन नास्पाती जस्तो लाम्चो, अण्डाकारदेखि गोलाकारसम्म हुन्छ । यसको फल टिपेपछि पाक्ने हुन्छ तसर्थ फल पूरा छिप्पिएपश्चात मात्र टिप्नुपर्दछ । यसमा केही मात्रामा स्वसेचन र बढी मात्रामा परसेचन हुने हुनाले फलको गुणस्तर कायम राख्नका लागि कलमी गरेर उत्पादन गरिएका बिरुवा लगाउनुपर्दछ ।
धेरै पोषक तत्वहरू भएको फलका रूपमा लिइने यो फल नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्षअगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ । नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला, खोला छेउ र बेसींमा समेत यसको बिरुवा हुर्काइरहेको पाइन्छ ।
पर्याप्त मात्रामा स्वस्थ्यका लागि लाभदायक फ्याट र कार्बाेहाइड्रेट हुने भएकाले एभोकाडो खानुका थुप्रै फाइदा छन् । विभिन्न अध्ययनमार्फत वैज्ञानिकले यसमा अत्यन्तै फाइदाजनक तत्व हुने बताएका छन् । नेपालका विभिन्न ठाउँमा एभोकाडो फैलेको पाइए पनि मानिसहरूले, यसको महत्व नबुझेकाले सेवन गरिरहेको पाइँदैन तर हाल आएर यसको लोकप्रियता बिस्तार बिस्तार बढिरहेको छ ।
धेरै पोषक तत्वहरू भएको फलका रूपमा लिइने यो फल नेपालको पूर्वी पहाडी जिल्लामा केही वर्षअगाडिदेखि व्यावसायिक खेती सुरु भएको पाइन्छ । नेपालमा व्यावसायिक सोचका साथ एभोकाडोमा लागेकाहरूले पाखोबारी, कान्ला, खोला छेउ र बेसींमा समेत यसको बिरुवा हुर्काइरहेको पाइन्छ । नेपालको पहाडी भूभागमा खेर गइरहेको पाखा, खोला, बगर वा अरू कमसल ठाउँमा पनि एभोकाडो लगाएर राम्रो आयआर्जन गर्न सकिन्छ । यसरी हेर्दा नेपालका तराईदेखि खोँच, बेंसी हुँदै मध्यपहाडी क्षेत्रसम्म यो फल व्यावसायिक रूपले खेती गर्न सकिन्छ ।
नेपालमा एभोकाडो खेतीको बारेमा चासो लिन थालिएको धेरै वर्ष भएको छैन । नेपाल सरकारले विसं २०३५ सालतिर कीर्तिपुर, त्रिशूली र सर्लाही वागवानी फार्महरूमा मुख्य गरी हासा, फुटें, इंटिन्जर, रिड र टोपाटोपा गरी पाँच जातहरू भित्र्याइएको पाइन्छ । पाख्रिबास कृषि अनुसन्धान केन्द्रको स्थापनापश्चात कर्मचारी तथा पर्यटकहरूले खानका लागि संयुक्त राज्यबाट केही फल ल्याएको पाइन्छ र यसरी विभिन्न समयमा नेपालीहरू विभिन्न ठाउँमा जाँदा ल्याएका जातहरूको विविधता काठमाडौं तथा मुख्य शहरहरूका घरघरका करेसाबारीहरूमा मनग्य देख्न पाइन्छ । धनकुटा जिल्ला एभोकाडो खेतीका लागि अग्रणी स्थानमा रहेको छ तर अझै पनि राम्रोसँग व्यावसायिक गति लिन सकिरहेको छैन । एभोकाडोको मुख्य जातहरूमा रिड, टोपाटोपा, हास, इटिन्जर, फूर्टे आदि पर्दछन् ।
अत्याधिक पोषकतत्वयुक्त फल एभोकाडोमा २० वटा छुट्टाछुट्टै प्रकारका भिटामिन र मिनरल्स पाइन्छन् । फाइबरको अधिकमात्राले तौल नियन्त्रण गर्नुका साथै रगतमा सुगर लेभललाई पनि सन्तुलित पारिदिन्छ जसले मधुमेहबाट बचाउँछ । यसमा हुने पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्दत गर्छ र दहृयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ । आँखालाई स्वस्थ राख्ने एन्टिअक्सिडेन्ट एभोकाडोमा पाइन्छ जसले आँखालाई स्वस्थ राख्न ठूलो भूमिका खेल्छ । एभोकाडो पोषिलो हुने हुनाले यो फल खाएकाहरूलाई अरू खानेकुरा खाएका भन्दा थोरैमात्रै भोक लाग्दछ । त्यसैले एभोकाडो खाँदा आफैंमा बोरै खाना खाइन्छ जसले तौल नियन्त्रण गराउँछ ।
एभोकाडो फलमा उच्च पौष्टिक हुने भएको हुनाले दिनप्रतिदिन यसको उपभोग गर्ने मानिस बढ्दो क्रममा छन् । नेपालमा उपलब्ध विविध प्रकारका धरातलीय अवस्था तथा हावापानी एभोकाडोलाई सुहाउँदो भएकोले यसको खेतीको सम्भावना अति नै छ ।
१०० ग्राम एभोकाडोमा शक्ति (२४५ क्यालोरी), प्रोटिन (१.७ ग्राम), कार्वाेहाइड्रेट (५.५१ ग्राम), चिल्लो वस्तु (१.८ ग्राम), रेसाहरू (५.१ ग्राम), भिटामिन ए (०.१७ मि.ग्राम), भिटामिन सि (१६ ग्राम), भिटामिन बि ३ (१.मि.ग्राम), भिटामिन बि २ (०.१३ मि.ग्राम), क्याल्सियम (१० मि.ग्राम), क्लोरिन (११ मि.ग्राम), कपर (०.४५ मि. ग्राम), आइरन (०.६ मि.ग्राम), म्याग्नेसियम (३५ मि.ग्राम), म्यागानिज (४.२१ मि. ग्राम), सल्फर (२८.५ मि.ग्राम) र सोडियम (०.६ मि. ग्राम) पाइन्छ ।
एभोकाडो फलमा उच्च पौष्टिक हुने भएको हुनाले दिनप्रतिदिन यसको उपभोग गर्ने मानिस बढ्दो क्रममा छन् । नेपालमा उपलब्ध विविध प्रकारका धरातलीय अवस्था तथा हावापानी एभोकाडोलाई सुहाउँदो भएकाले यसको खेतीको सम्भावना अति नै छ । नेपालमा एभोकाडो आन्तरिक रूपमा खपत तथा विदेश निर्यातको प्रबल सम्भावना बोकेको बाली भएकाले यसको व्यावसायिक खेतीका लागि किसानलाई आकर्षण गर्न सकिन्छ ।
एभोकाडो नेपालका प्रमुख शहरहरूमा फाट्टफुट्ट रूपमा पाइए तापनि नेपालको लागि यो नयाँ बाली भएकाले कृषि प्राविधिकमा प्राविधिक ज्ञानको विकास गर्न आवश्यक छ । साथै गुणस्तरीय बिरुवा उत्पादन गर्न स्रोत केन्द्रहरूको स्थापना, नेपालको भूधरातल तथा भौगोलिक अवस्था अनुसार यसको उत्पादन हुने जातको विकास गर्ने, एभोकाडोको दीर्घकालीन बजार व्यवस्थापन गर्ने र एभोकाडोको पौष्टिक तथा स्वास्थ्यका लागि फाइदा र यसको खेतीको सम्भावना, चुनौती बारे किसानलाई जानकारी प्रदान गर्न आवश्यक छ ।
अतः नेपाल एभोकाडो खेतीका लागि उपयुक्त हावापानी भएको देश भएकाले यसको वैज्ञानिक अध्ययन, दिगो व्यवस्थापन, व्यावसायिक खेती, मूल्य अभिवृद्धि तथा बजार प्रवद्र्धनद्वारा स्थानीय समुदायको आयस्तामा वृद्धि, रोजगारी र्सिजना र गरिबी न्यूनीकरणका लागि एउटा भरपर्दाे आधार बनाउन सकिन्छ । यसका लागि सम्बन्धित निकाय सदा क्रियाशील र समर्पित रहनुपर्दछ । एभोकाडो खेतीको सम्भावनालाई योजनाबद्ध तरिकाबाट अध्ययन गरी तीनै तहको सरकारले प्रभावकारी रूपमा विकास गरी देशैमै रोजगारीको सिर्जना गरी विदेशिएका तथा विदेश पलायन हुन लागेका युवाहरूलाई देशमै क्रियाशील गराई आर्थिक चलायमान बनाउन सकिने थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच