काठमाडौं । नेपालको मुख्य पर्यटन सिजनमा पनि पर्यटकको आगमन आशातीत वृद्धि हुन सकेको छैन । पछिल्लो तथ्यांकअनुसार सरकारले निर्धारण गरेको लक्ष्य प्राप्तिसमेत कठिन हुने देखिएको छ । नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबर २०२४ मा एक लाख २४ हजार ३९३ पर्यटक नेपाल आएका छन् । यो संख्या यसपालि अघिल्लो ‘पिक सिजन’ भन्दा कम हो । त्यति मात्र होइन, सन् २०१९ को यसै महिनाको तुलनामा समेत कम पर्यटक आएको बोर्डको तथ्यांकले देखाएको छ । पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले लक्ष्यअनुसार पर्यटक नआउनुमा नेपालमा प्राकृतिक विपत्तिले असर गरेको बताउनुभयो । यद्यपि, पदयात्रामा आउने पर्यटक आगमन भने सन्तोषजनक रहेको उहाँको भनाइ छ ।
सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार ७३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा कुल एक लाख २४ हजार ३९३ विदेशी पर्यटक आएका हुन् । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ दशमलव चार प्रतिशतले बढी हो । सन् २०२३ को अक्टोबरमा एक लाख १७ हजार ३०६ पर्यटक आएका थिए । कोभिड-१९ (कोरोना महामारी) पूर्व अर्थात् सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले पर्यटकको संख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ । सन् २०१९ को अक्टोबरमा एक लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए ।
बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । ‘समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ । अक्टोबरमा आशातीत पर्यटक आउन सकेनन्, किनकि महिनाको सुरुआतमै अविरल वर्षाले विपद्जन्य घटना भयो । अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ ।’
भारतीय र चिनियाँ घटे
बोर्डको विश्लेषणमा अगष्ट, सेप्टेम्बर र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटे । अक्टोबरमा भारतबाट १६ हजार ३१३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार ९८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो । अगष्टमा २५ हजार ८३२ भारतीय पर्यटक आएका थिए । अक्टोबरमा चीनबाट आएका सात हजार ७५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बरमा आठ हजार ४२ र अगष्टमा चीनबाट छ हजार ६१४ चिनियाँ पर्यटक आएका थिए । मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ ।
अमेरिकी पर्यटक बढे
अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको संख्या अघिल्लो महिनाको तुलनामा १२ दशमलव ८८ प्रतिशतले बढेर कुल १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए । बेलायतबाट आठ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् । अष्ट्रेलियाबाट छ हजार ९२९, जर्मनीबाट छ हजार १८ र फ्रान्सबाट पाँच हजार ४८५ पर्यटक आएका छन् । बंगलादेशबाट चार हजार ४७६, श्रीलंकाबाट तीन हजार ११२ र इटालीबाट दुई हजार ६३५ पर्यटक आएका छन् । मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार १६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार ३९३ अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आए ।
सेप्टेम्बरमा ९६ हजार ३०५, जनवरीमा ७९ हजार एक सय, फेब्रुअरीमा ९७ हजार ४२६, मेमा ९० हजार २११, जुनमा ७६ हजार ७३६ र अगष्टमा ७२ हजार ७१९ पर्यटक नेपाल आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच