सञ्चार सेवा सहज बनाउन मन्त्री गुरुङको निर्देशन

हिमालय टाइम्स
Read Time = 1 min

मनाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको छ ।

सञ्चारमन्त्री गुरुङले आज जिल्ला हुलाक कार्यालयको अनुगमन गर्दै जिल्लाका सबै क्षेत्रसम्म सञ्चार सेवा सहज बनाउन निर्देशन दिनुभएको हो । सो अवसरमा उहाँले टेलिफोन नेटवर्कका बारेमा स्थानीयको रायसुझाव लिनुभएको थियो ।

यसैगरी जिल्लास्थित सरकारी कार्यालयहरुको अनुगमनपछि  सञ्चारमन्त्री गुरुङले बेँसीसहर-चामे सडक निर्माणलाई तीव्रता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हरेक क्षेत्रका व्यक्ति सञ्चार सेवाबाट वञ्चित हुनु हुँदैन, हुलाक र टेलिकम सेवालाई सहज बनाउन आवश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?