विराटनगर । सुदूरपश्चिम प्रदेशले नरेश श्रेष्ठ स्मृति यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बुधबार फाइनलमा लुम्बिनी प्रदेशलाई आठ रनले पराजित गर्दै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।
विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले ३७.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार गरेको थियो । जवाफी ब्याटिङ गरेको लुम्बिनीले ४३.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ११९ रन बनाउन सक्यो । सुदूरपश्चिमको जितमा हेमन्त धामीले सर्वाधिक ४ विकेट लिनुभयो । त्यस्तै सचिन भट्ट र नरेन साउदले समान २ विकेट लिँदा एक विकेट अशोक धामीको नाममा रहृयो ।
ब्याटिङमा सुदूरपश्चिमका लागि अभिषेक थापाले २९, नरेन भट्टले २७, नरेन साउदले १५, राजेश ऐरले १४ र दीपक रोकायाले ११ रन बनाउनुभएको थियो । लुम्बिनीका लागि सन्तोष यादवले १० ओभरमा दुई मेडनसहित २८ रन खर्चिएर पाँच विकेट लिनुभयो । यसैगरी रमेश कुर्मीले तीन र शिव कुँवरले एक विकेट हात पार्नुभएको थियो ।
१२८ रनको लक्ष्य पछ्याएको लम्बिनीका लागि ब्याटिङमा कप्तान आकाश त्रिपाठीले सर्वाधिक २२ रन जोड्दा शिव कुँवरले २० को योगदान गर्नुभयो । त्यस्तै विजयी कोहरले १९, समिर अली मुसलमानले १८ र सन्तोष यादवले १२ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । समूह चरणबाट लुम्बिनी शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहँदै फाइनल पुगेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच