काठमाडौं । यू-१९ महिला विश्वकप एसियाली छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डमाथि सानदार जित निकालेको छ । युएईको द सेभेन रंगशालामा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले हराएको हो । जितका लागि नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा सवै विकेटको क्षतिमा ३५ रनमा समेटिएको थियो ।
थाइल्यान्डका लागि अपिसरा सुवान्चोरथीले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले खोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा नेपालका लागि रचनाकुमारी चौधरीले चार विकेट लिनुभयो । कप्तान पूजा महतो र रिया शर्माले दुई-दुई तथा करिस्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले एक-एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १०२ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३५ रन बनाउनुभयो । सीमाना केसीले अविजित १९ र सोनी पाख्रिनले १९ रन बनाउनुभयो ।
बलिङमा थाइल्यान्डका चारुकन साइमाले दुई तथा सुनिसा बांकोडफोंगम्पाईले एक विकेट लिनुभयो । कात्तिक २९ गतेसम्म सञ्चालन हुने छनोट खेलमा नेपाल, घरेलु टोली युएई, कुवेत र थाइल्यान्ड सहभागिता छ ।
नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतससँग, कात्तिक २४ गते युएईसकसँग, चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसकसँग, पाँचौँ खेल कात्तिक २७ गते कुवेतसँग र अन्तिम खेल कात्तिक २८ गते युएईसकसँग खेल्नेछ । छनोट खेलको शीर्ष टोली अर्को बर्ष मलेसियामा आयोजना हुने विश्वकपमा छनोट हुनेछ ।
एसिया छनोट खेलिरहेको नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), ज्योत्सिन्का मरासिनी, कृश्मा गुरुङ, सावित्री धामी, साना प्रवीण, कुसुम गोदार, सीमा केसी, एलिसाकुमारी यादव, मनिषाकुमारी उपाध्याय, रिया शर्मा, स्नेहा महरा, रचनाकुमारी चौधरी र तृष्णा विश्वकर्मा रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच