कायरो । इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौं देशहरूको समर्थनमा संयुक्त राष्ट्रसंघ समक्ष इजरायलमाथि हतियार प्रतिबन्धको आहृवान गरिएको छ । पछिल्लो समयमा लेबनानमा हेजबुल्लाहविरुद्धको चरम युद्ध भइरहेको अवस्थामा यस्तो आहृवान आएको हो ।
इजिप्टको विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा अन्तर्राष्ट्रिय मानवीय कानुनको निरन्तर उल्लंघन रोक्न इजरायललाई दबाब दिने अन्तर्राष्ट्रिय प्रयासको एक हिस्साको रूपमा यस्तो आहृवानमा सामेल भएको जनाएको छ ।
आर्यान्वयनले प्यालेस्टिनीविरुद्धको ‘इजरायली दमन रोक्ने र नागरिकहरूको सुरक्षा गर्ने लक्ष्य राखेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ । अंकाराले इजरायललाई हतियार आपूर्ति रोक्न आहृवान गर्दै ५२ देशहरूले हस्ताक्षर गरेको पत्र पेस गरेपछि राष्ट्रसंघका लागि इजरायली राजदूत ड्यानी डेननले सोमबार टर्कीलाई ‘षड्यन्त्र’ गरेको आरोप लगाउनुभएको छ ।
इजिप्ट सन् १९९७ मा इजरायलसँग शान्ति सन्धिमा हस्ताक्षर गर्ने पहिलो अरब देश थियो भने सन् १९९४ हस्ताक्षर गर्दै शान्ति सन्धिमा सहमति जनाउने जोर्डन दोस्रो अरब मुलुक बनेको थियो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच