काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद-बिक्री गर्दै आएको उक्त कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गंगाप्रसाद साहले जानकारी दिनुभयो ।
विश्व खाद्य कार्यक्रमअन्तर्गत जनकपुरस्थित कार्यालय हाताभित्र फोटोफिकेसन प्लान्ट जडान भएको छ । उक्त प्लान्टबाट भिटामिनयुक्त चामल उत्पादन हुँदै आएको छ । त्यहाँ चामलको गुणस्तरसमेत जाँच गरिन्छ । २०८१ वैशाख महिनामा प्लान्ट जडान भएको हो । प्लान्ट जडानपछि उक्त कार्यालयबाट उत्पादन सुरु भएको पौष्टिक चामल कर्णाली प्रदेशमा वितरण गरिँदै आएको छ ।
पौष्टिक तत्व भएको चामल विश्व खाद्य संगठनले भारतबाट खरिद गरी त्यसलाई उक्त प्लान्टमा पिठो बनाउने र प्रति एक सय केजी बोरा चामलमा एक केजी पिठो मिसाएर (पौष्टिक तत्व) भिटामिनयुक्त चामल उत्पादन गरी कर्णाली प्रदेशका कुपोषित जनतालाई वितरण गर्ने गरिएको प्रमुख साहले बताउनुभयो । विश्व खाद्य कार्यक्रमअन्तर्गत उक्त प्लान्ट खाद्य कम्पनीको सुर्खेत, जनकपुर तथा काठमाडौं कार्यालयमा जडान गरिएको छ । उक्त कार्यालयले पनि दशैँ, दीपावली तथा छठ पर्वलाई लक्षित गरी सरकारीस्तरबाट सहुलियत दरमा चामल बिक्री गर्दै आएको छ ।
कार्यालयले अरुवा सोना मन्सुली तथा बासमती चामल सहुलियत तथा छुट मूल्यमा बिक्री सुरु गरेको हो । अरुवा सोना मन्सुली चामल प्रतिकेजी ६५ रुपैयाँमा पाँच रुपैयाँ छुट गरेर प्रतिकेजी ६० रुपैयाँ तथा बासमती चामल प्रतिकेजी एक सय २३ रुपैयाँमा पाँच रुपैयाँ छुट गरेर प्रतिकेजी एक सय १८ रुपैयाँका दरले उक्त दुवै चामल सहुलियत मूल्यमा धमाधम बिक्री भइरहेको कार्यालयले जनाएको छ । सहुलियत मूल्यमा बिक्रीका लागि दुई सय क्विन्टल चामल कार्यालयले कोटा निर्धारण गरेको छ । एकजनालाई ५० केजीसम्म सहुलियतको चामल बिक्री गरिने प्रावधान रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच