काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले यती एयरलाइन्सको टिकट खरिदमा निश्चित क्यासब्याक पाउने भएका छन् । क्यासब्याक अफर योजनाअनुसार ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताले यती एयरलाइन्सको हवाई टिकट खरिदमा निश्चित पाँच सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।
बैंकका ग्राहक तथा ग्राहक परिवार सदस्यले ग्लोबल स्मार्ट प्लसबाट यती एयरलाइन्सको टिकट बुक गर्दा र काट्दा एफएलवाइवाइई आइटी प्रोमो कोड प्रयोग गरी पाँच सय रुपैयाँ क्यासब्याक पाउने बताइएको छ । ग्राहकले प्रोमो कोड तीनपटकसम्म प्रयोग गर्न सक्नेछन् । क्यासब्याक योजना नोभेम्बर २९ सम्म रहनेछ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजना ल्याउने गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच