अक्टुबर र नोभेम्बर नेपालमा पर्यटन व्यवसायको प्रमुख समय हो तर यस बेला पनि आशातीत रूपमा पर्यटकहरू आइरहेका छैनन् । पर्यटन व्यवसाय नेपालको प्रमुख व्यवसायमध्ये एक मानिन्छ । सुरुका दिनहरूमा नेपालमा पर्यटन व्यवसाय मानिसहरूको जानकारीमा नआएले नेपालमा यसलाई कुनै व्यवसायका रूपमा स्वीकारिएको थिएन । विस्तारै यसबारेमा सरकार तथा नागरिकमा चेतना विस्तार भएपछि पर्यटन क्षेत्र व्यवसायका रूपमा चिनिन थालेको हो । पहिले पर्यटन उद्योग भन्ने गरिएको थियो । कुनै कलकारखाना वा उद्योगधन्दाको रूपमा बुझिने यो शब्द परिमार्जन भएर हालका दिनमा पर्यटन व्यवसाय भन्ने गरिएको छ । नेपालमा पछिल्ला वर्षमा पर्यटन व्यवसायको प्रवद्र्धन गर्न अनेकौं प्रयास गरेको छ । मन्त्रालय विभाग तथा पर्यटन बोर्ड बनाएको छ ।
सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने तयारी भइसकेको अवस्थामा कोरोनाको विश्वव्यापी महामारी फैलियो । सन् २०१३ मा पनि नेपाल पर्यटन वर्ष मनाइएको थियो । सुरु-सुरुमा नागरिकले आफ्नै स्तरबाट यस व्यवसायलाई सञ्चालन गर्ने गरेर टेवा दिएका थिए । होम स्टे, होटल, लज आदि सञ्चालन गरेर आफ्नो जीविका गर्नुका साथै यसबाट राष्ट्रका लागि समेत योगदान पुर्याएका थिए । पछि-पछि राज्य तहबाट पर्यटन व्यवसायको महत्व बोध गरेर अनेकौं प्रयास भएका छन् । राष्ट्रिय तहमै पर्यटन मन्त्रालय, पर्यटन विभाग तथा राष्ट्रिय पर्यटन बोर्डको स्थापनासमेत भएको छ । यी निकायले पर्यटन प्रवद्र्धनसम्बन्धी काम गर्दै आइरहेका छन् ।
पर्यटकको रुचिका आधारमा उसले गर्न चाहेको कार्यका लागि तयारी र सहयोग राष्ट्रबाट हुनेगरेको छ । जलक्रीडा वा ¥याफ्टिङ, पदयात्रा, दृश्यावलोकन, आरोहण आदिका लागि विभिन्न देशबाट पर्यटक आउँछन् । तिनका लागि त्यही कार्यसम्बन्धी सरसहयोग गर्ने, आवश्यक उपकरण उपलब्घ गराउने, पथप्रदर्शकको व्यवस्था गर्नेलगायत कार्यमा राज्यले ध्यान पु¥याउनुपर्ने हुन्छ । यसरी आउने पर्यटकलाई सेवासुविधा दिन राज्य तत्पर हुनुपर्छ र सोबापत उचित रूपमा कर लिन सक्नुपर्छ । सेवासुविधाविनाको कर लिनुहुँदैन र कर नलिई सेवासुविधा दिन पनि सकिँदैन भन्ने मान्यता राज्यस्तरबाट राखिनु र सोही अनुसारको नीतिनियम बनाउनुपर्छ ।
नेपालमा पर्यटकलाई देखाउने पर्याप्त कुरा छन् । नेपाल हिमालमा धनी देश हो । विश्वको पहिलोलगायत उच्च हिमशिखर छन् । तिनको यथेष्ट प्रचारप्रसार गरेर पर्यटकलाई आकर्षण गर्न सकिन्छ । अझै कतिपय हिमशृंखला पहिचान हुनै बाँकी छन् । ती हाम्रो देशका अमूल्य सम्पदा हुन् । दृश्यावलोकनका लागि हिमालका साथै उच्च पहाडी भूभाग, मैदानी भाग, प्राणी, वनस्पतिसमेत छन् । हात्ती, गैंडा, अर्नालगायत अन्यत्र नपाइने प्राणीहरूका साथै काँडे भ्याकुर, डाँफे, मुनाललगायत अनगिन्ती चराचुरुङ्गी नेपाली वनजंगलमा छन् । पर्यटकहरूको रोजाइमा यस्ता वस्तु पर्नसक्छन् । तालतलैया, झर्ना, नदीनाला खोला प्रसस्त छन् ।
यिनमा जलयात्रा गर्न रुचाउने पर्यटकका लागि यिनको भरपूर उपयोग हुनसक्छ । पश्चिमा पर्यटकहरूका लागि नेपाल सस्तो पनि छ । उनीहरूको थोरै डलर यहाँ धेरै हुन्छ । अहिले पर्यटनको सिजन हो तर आशातीत मात्रामा पर्यटक आइरहेका छैनन् । कोरोनाको प्रभाव अझै बाँकी छ भन्ने कुरा यसबाट थाहा हुन्छ । अर्को कारण हालैको प्राकृतिक प्रकोप हुनसक्छ । यही असोजको दोस्रो साता नेपालमा भएको वर्षाद् र सँगै आएको बाढीपहिरोबाट धेरै धनजनको हानी हुन पुग्यो । मानिस र मानिसले पालेका प्राणीको क्षति, खेतबारीसँगै भौतिक संरचनाको अकल्पनीय क्षति भयो ।
तीमध्ये केहीको पुनर्निर्माण भयो र अस्थायी समाधान खोजेर काम चलाउ रूपमा यातायातका साधन सञ्चालन गरिएको छ तर सबैलाई जस्ताको तस्तै बनाउन छोटो समयमा सम्भव छैन । यातायात सुचारु गरिएको ठाउँमा पनि स्थायित्व हुने सम्भावना छैन । ती केही समयका लागि मात्र हुन् । हालसम्म पोष्ट मनसुनको प्रभाव देखिरहेको छ । यसले गर्दा पर्यटन व्यवसायको पिक सिजन भए पनि सोचेजस्तो हुनसकेको छैन । यस्ता कारणको समीक्षा गरी समाधान निकालेर सम्बन्धित क्षेत्रले समाधान खोज्न सक्नुपर्छ । नत्र पर्याप्त मात्रामा पर्यटनका लागि आवश्यक स्थान, रमणीयस्थल मठमन्दिर, पहाड, हिमाललगायत हुँदाहुँदै पनि हामी तीबाट लाभ लिन सकिरहेका छैनौं ।
अझै प्रयास नगर्ने हो भने हाम्रा त्यस्ता अमूल्य सम्पदा र संशाधन महत्वहीन बनेर रहिरहने छन् र पर्यटन क्षेत्रबाट लाभ लिन नसकिरहेका हुनेछौं । राज्य पक्षबाट प्रयास गर्न सक्नुपर्छ । हामीसँग भएका पर्यटकीय क्षेत्र, स्थान, साधन सबैको भरपूर उपयोग गर्नसक्ने हो भने नेपाललाई यही एउटा क्षेत्रले मात्रै पनि पर्याप्त आर्जन गर्नसक्ने अवस्था छ तर यति हुँदाहुँदै ती त्यसै मिल्किरहेका छन् र हामी जीवकोपार्जनका लागि अनेकौं संघर्ष गरिरहेका छौं । हामीले यिनको व्यापक रूपमा उपयोग गर्न सकेनौं भने अर्थतन्त्रलाई यस क्षेत्रबाट टेवा पुग्नसक्ने सम्भावना छैन । राज्यले पर्यटन प्रवद्र्धनका लागि ठोस नीति बनाएर प्रवद्र्धन गर्नु आवश्यक छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच