अर्घाखाँची । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकामा कार्तिक २८ देखि ३० गतेसम्म अध्यक्ष कप दोस्रो रनिङ सिल्ड भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।
खेलाडीहरूको प्रोत्साहन तथा विकासका लागि ‘पाणिनी भलिबलको हब ,खेलाडीको प्रोत्साहनका लागि अध्यक्ष कप’ भन्ने मूलनाराका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागेको गाउँपालिकाले जनाएको छ । यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको थियो ।
प्रतियोगितामा सहभागि हुनको लागि २८ गते बिहान ९ सम्म सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ । प्रत्येक टिममा ९ जना खेलाडी र १ जना प्रशिक्षकसहित १० जना हुनुपर्ने छ । गाउँपालिका अन्तर्गत ८ वटै वडाले एकएक टीम र पाणिनी गाउँपालिका मातहत कार्यरत कर्मचारीहरुको १ टिमलाई प्रतियोगितामा सहभागि गराइने भएको छ।
प्रतियोगितामा प्रथम हुनेले नगद रु ५०००० तथा ट्रफी मेडल र प्रमाणपत्र, दोस्रोले नगद रु २८००० तथा ट्रफी मेडल र प्रमाणपत्र, तेस्रोले रु १५००० ट्रफी मेडल र प्रमाणपत्र, र सान्त्वना हुनेले रु १०००० हजार नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।
उक्त प्रतियोगिता पाणिनी गाउँपालिका वडा नं ३ दुर्गाफाट स्थित बरकारुख खेलमैदानमा हुने आयोजकले जनाएको छ । यसपटक भने करिब २० दिन पहिला नै सूचना निकालिएको कारण खेलाडीहरुलाई पनि अभ्यास गर्न प्रशस्त समय भएकाले उत्साहजनक खेल हुने विश्वास लिएको पाणिनी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले बताउनु भयो।
पाणिनी गाउँपालिकालाई विकास निर्माणको साथै खेलकूद क्षेत्रको केन्द्रका रुपमा विकास गर्ने उदेश्य अनुरुप भलिबल प्रतियोगिताको आयोजना गरिएको पालिकाका अध्यक्ष टेकराज न्यौपानेले बताउनुभयो। जिल्लाको पूर्वी क्षेत्रमा अवस्थीत पाणिनी गाउँपालिका ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । साथै कृषि तथा पर्यटनको प्रचुर सम्भावना रहेको यो पालिकाले पछिल्लो समय विकासको गति लिँदै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच