काठमाडौं । साउदी प्रो लिग क्लब अल हिलालले ब्राजिलियन सुपरस्टार नेइमारलाई यस सिजनको दोस्रो हाफमा पनि लिग खेलाडीको रुपमा दर्ता नगर्ने भएको छ ।
मिडिया रिपोर्टका अनुसार अल हिलालले नेइमारलाई साउदी लिगमा दर्ता नगर्ने भएको हो । करिब एक बर्ष इन्जुरीका कारण मैदान बाहिर रहेका नेइमारलाई अल हिलालले यस सिजनमा लिग खेलाडीको रुपमा दर्ता गरेको थिएन ।
अहिले इन्जुरी ठिक भएपछि नेइमारले लिग बाहेकाका खेल खेलिरहेको भएपनि पछिल्लो एएफसी च्याम्पियन्स लिगको खेलमा फेरी घाइते भएपछि अब अल हिलालले नेइमारलाई किनारा गरेको हो । योसँगै नेइमार अब साउदी लिगबाट बाहिरिन सक्ने बताइएको छ ।
नेइमारले आगामी जनवरीको खेलाडी ट्रान्सफर विन्डोमै अल हिलाल छोड्नसक्ने बताइएको छ । अल हिलालले पनि आफ्नो जनवरीमा नेइमारसँग सहमतिमै सम्झौता भंग गर्न सक्ने बताइएको छ ।








ड्युटीमै रहेका प्रहरी सहायक निरीक्षक
संसद बैठकमा प्रधानमन्त्री बालेन्द्र साह
वरिष्ठ चिकित्सक उपाध्यायको निधन
विश्व रोबोटिक्समा नेपाली चेलीको ऐतिहासिक
कर्णाली : संघर्ष, सम्भावना र
काठमाडौंमा ठूलो परिमाणमा नक्कली दूध