तास खेलिरहेको अवस्थामा १८ जना पक्राउ

राजेन्द्र गौतम झापा, संवाददाता
Read Time = 4 mins

काठमाडौं । लाखौं रुपैयाँ हारमार हुने गरी तास खेलिरहेको अवस्थामा झापाको शिवसतााक्षी नगरपालिका-११ बाट साढे चार लाख नगदसहित १८ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सताक्षीधाम मन्दिरका अध्यक्ष तुला बोखिम भनिने तुलाराम सुब्बासहित १८ जना रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरूलाई विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकको टोलीले आज बिहान राति १:३० बजे पक्राउ गरेको हो । तास खेलिरहेको स्थान इलाका प्रहरी कार्यालय नजिक भएपनि दमकको टोलीले झिलझिले प्रहरीलाई थाहा नै नदिई पक्राउ गरेको हो ।

शिवसताक्षी ११ ब्याङ्गडाँडा स्थित चन्द्रमणि रिमालको घरको तल्लो तलामा तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेको झापा प्रहरीले जनाएको छ । तास खेलिरहेको स्थानबाट प्रहरीले चार लाख ५४ हजार पाँच सय र केही बुक ताससमेत बरामद गरेकाे छ । उनीहरूलाई इप्रका दमकको हिरासतमा राखिएको छ ।

प्रहरीले धाम अध्यक्ष सुब्बा, घरधनी रिमाल, शिवसताक्षी-५ का मुकेश राउत, ११ का राजेन्द्र बाँस्कोटा र राजेन्द्र बबुर, शिवसताक्षी-४ का शेवराज राजवंशी, मनोज साह र रुपनारायण साह, शिवसताक्षी-७ का छत्रबहादुर सोडारी, शिवसताक्षी-६ का लोकनाथ दुलाल, शिवसताक्षी-७ का मणि खड्का, राजु दर्जी, सीताराम कार्की, खरीबहादुर श्रेष्ठ, शिवसताक्षी-९ का मोहनप्रसाद दुलाल र गौरीगञ्ज गाउँपालिका-१ का हरी राजवंशीलाई पक्राउ गरेको हो । थप दुईजनाको नाम खुलेको छैन ।

यसअघि झापाको दुधेबाट असोज २८ गते तास खेलिरहेको अवस्थामा कांग्रेस झापा सहसचिव कमल भण्डारीसहित १२ जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई कानुन विपरीत असोज ३० गते छाडिएको थियो । राजनीतिक नेताहरुको व्यापक दबाबमा झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले आफ्नो तजबिजी अधिकार प्रयोग गरी उनीहरूलाई उन्मुक्ति दिएका थिए ।

तीन महिना जेलसजाय र जनही ३० हजार जरिवाना हुने कानुनी व्यवस्था भएपनि झापाका प्रजिअ बाँस्तोलाले आफ्नो तजबिजी अधिकार प्रयोग गरी उनीहरूकाई जनही १५ हजार धरौटी लिएर सामान्य तारेकमा छाडेपछि प्रजिअ बाँस्तोलाको आलोचना भएको थियो । यद्यपि, प्रजिअ बाँस्तोलालाई सरकारको संरक्षण रहेकाले सोधपुछसम्म भएको थिएन । राजनीतिक दबाबमा उनीहरूको मुद्दा कमजोर बनाएर प्रजिअ बाँस्तोलाले छाडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?