काठमाडाैं । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शुक्रवार माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन् । स्थानीय समय अनुसार बिहान ४ः३३ बजे २७ जना चालक दलका सदस्यसहितको १२९ टन वजनको जहाज जेजुको बियाङ टापुबाट २४ किलोमिटर टाढा डुबेको हो ।
१६ दक्षिण कोरियाली र ११ विदेशीसहित चालक दलका सदस्यमध्ये १५ जनालाई उद्धार गरिएको थियो जसमध्ये दुई जनालाई हृदयघातको अवस्थामा भेटिएको र पछि मृत घोषणा गरिएको थियो । उद्धारकर्ताहरूले १० दक्षिण कोरियाली र दुई विदेशीसहित बेपत्ता १२ नाविकहरूको खोजी गरिरहेका छन् ।
उद्धार गरिएका चालक दलका सदस्यहरूले आफ्नो डुंगा अर्को जहाजमा स्थानान्तरण गर्ने क्रममा माछा मार्ने डुङ्गा अचानक पल्टिएर डुबेको बताएका छन् ।
- सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच