काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजारले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला रु एक लाख ६४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ६६ हजार पाँच सय निर्धारण भएको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बिहीबार प्रतितोला रु एक हजार नौ सय ६० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार नौ सय ८० निर्धारण भएको छ । रासस







प्राध्यापक अम्वीर पाण्डेको निधन
फिफा अध्यक्षमाथि अर्को दबाब
पाँच हजार म्याचको ऐतिहासिक माइलस्टोन
एसियाडमा करातेबाट पदकको आशा
क्यापिटल क्वीन नेपाल-२०२६ को उपाधि
ब्रोड पिकका दिवंगत आरोहीको सम्झनामा