नयाँदिल्ली । भारतले ओलम्पिक खेलकुद प्रतियोगिता २०३६ को आयोजनाको दाबी पेश गरेको छ । इण्डियन ओलम्पिक एसोसिएशन (आइओए)ले अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी)लाई आधिकारी पत्र पठाउँदै ओलम्पिक आयोजनाको दाबी गरेको हो । केन्द्रीय खेलकुद मन्त्रीलाई उद्धृत गर्दै भारतले औपचारिक रूपमा ओलम्पिक आयोजनाको दाबी पेश गरेको दैनिक भास्करले जनाएको छ ।
भारत सरकारको आधिकारिक पत्रमार्फत १ अक्टोबरमा आइओसीलाई ओलम्पिक आयोजनाका लागि पत्रचार गरिएको जनाइएको छ । यदि भारतले ओलम्पिक आयोजनाको जिम्मेवारी पाएमा ओलम्पिक आयोजना गर्ने भारत पहिलो दक्षिण एसियाली मुलुक हुनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले १५ अगस्टमा २०३६ को ओलम्पिक आयोजनाका लागि भारतसक्षम रहेको र त्यसका लागि तयार रहेको बताउनुभएको थियो ।
ओलम्पिकको २०३२ सम्मको आयोजकको तय भइसकेको छ । ओलम्पिकको २०३२ को संस्करण अस्ट्रेलियाको ब्रिसबेन शहरले आयोजना गर्नेछ । त्यसअघि २०२८ को ओलम्पिक भने अमेरिकाको लस ऐन्जलस शहरमा हुने तय भएको छ । भारतले यसअघि एशियन गेम र कमनवेल्थ खेलको आयोजना सफलतापूर्वक गरेकाले स्वभाविक रूपमा आयोजना गर्नसक्ने दाबी गरेको छ । देशले पछिल्लो पटक २०१० मा कमनवेल्थ खेलको आयोजना गरेको थियो । त्यसअघि भारतले १९८२ र १९५१ मा एसियन खेलको आयोजना गरेको थियो ।
भारतले गतवर्ष अर्थात् अक्टोबर २०२३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको १४१औं सत्रको आयोजना गरेको थियो । यो सत्र तीन दिनसम्म चलेको थियो, जसको उद्घाटन सत्रमा प्रधानमन्त्री नरेन्द्र मोदीले २०३६ ओलम्पिक खेलकुद आयोजना गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । यसपछि, १५ अगस्टको अवसरमा मोदीले लाल किल्लाबाट २०३६ ओलम्पिकको आयोजना गर्ने संकल्प फेरि दोहो¥याउनुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच