काठमाडौं । कलाकार केदार घिमिरे (माग्ने बुढा) निर्देशक ऋषि लामिछानेको नयाँ चलचित्रमा आबद्ध हुनुभएको छ । बिहीबार केदार र निर्देशक लामिछानेबीच कागजी सम्झौता भएको हो ।
प्राप्त जानकारी अनुसार, चलचित्रको शीर्ष भूमिकामा केदारले अभिनय गर्नुहुनेछ । अर्को मुख्य भूमिकाका लागि अभिनेता सौगात मल्ललाई प्रस्ताव गरिएको छ । आगामी माघ दोस्रो साताबाट छायांकनको तयारी गरिएको यो चलचित्रको नाम भने सार्वजनिक गरिएको छैन । यद्यपि, नाम तय भइसकेको छ । चलचित्रलाई निर्देशकसमेत रहनुभएका मुनाल घिमिरेले निर्माण गर्दै हुनुहुन्छ ।
सामिप्यराज तिमल्सिनाको स्क्रिप्ट लेखन रहेको यो चलचित्रबाट निर्देशक लामिछानेले आठ वर्षपछि कमब्याक गर्न लाग्नुभएको हो । ऋषिले यसअघि निर्देशन गरेको चलचित्र ‘किस्मत २’ सन् २०१६ मा प्रदर्शन भएको थियो । उहाँले ‘हवल्दार सुन्तली’, ‘श्रीमान् श्रीमती’, ‘कहिले मिलन कहिले विछोड’ लगायतका चलचित्र निर्देशन गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच