अहिले मेरा हातमा एउटा मोटो पुस्तक छ र यसको शीर्षक रहेको छ ‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’ । यस पुस्तकको लेखक हुनुहुन्छ स्वयम्भू शाक्य । जानकारीमा आएसम्म शाक्य वित्तीय प्रशासन, कानुन व्यवसाय तथा लेखनमा संलग्न हुँदै आउनुभएको व्यक्ति हुनुहुन्छ । यस पुस्तकलाई भीमकाय पुस्तक भन्न सकिन्छ । यो समीक्षाको पुस्तक हो । सुन्दर स्वदेश पब्लिकेसन काठमाडौं प्रकाशक रहेको यस पुस्तकको यो पहिलो संस्करण हो । जुन २०८१ साल असारमा सार्वजनिक भएको छ । सर्वाधिकार लेखकमै रहेको यस पुस्तकको यस संस्करणमा ५०० प्रति छापिएको जनाइएको छ । सुमन कार्कीको लेआउट रहेको यस पुस्तको मुद्रण सहारा प्रिन्ट कनेक्सनमा भएको छ ।
यस पुस्तकमा भूमिका खण्डमा १२ र पाठ्य खण्डमा ४४० गरी जम्मा ५५२ पृष्ठ रहेका छन् र यसको मूल्य १००० रुपैयाँ छ । डिएमआई साइजको यस पुस्तकको छपाइ स्तरीय छ । यसमा तौलयुक्त पहेँलो कागजको प्रयोग भएको छ । केही अशुद्धिहरू भने भेटिन्छन् । पुस्तकको आवरण आकर्षक छ । पहेँलो पृष्ठभूमिमा युगकवि सिद्धिरण श्रेष्ठको आकर्षक ठूलो मुहारचित्र राखिएको छ । माथि ‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’ भनेर ठूला अक्षरमा पुस्तकको शीर्षक दिइएको छ र त्यसैसँग साना अक्षरमा लेखकको नाम राखिएको छ । पृष्ठावरणमा लेखक शाक्यको फोटो र कवि श्रेष्ठको कविताको एउटा छोटो अंश राखिएको छ । तल यस पुस्तकको प्रकाशक संस्था सुन्दर स्वदेश प्रकाशनको लोगोसहित नाम दिइएको छ ।
कवि वा साहित्यकारहरूले कुनै एउटा निश्चित दृष्टिकोण राखेर लेखेका हुन्छन् तर वास्तविक साहित्यकारले आफ्नो वादमा रहेर त्यो रचना गरेको हुन्छ त्यसको मुख्य जानकार कवि नै हुने गर्छ तर कतिपय अवस्थामा स्रष्टाभन्दा द्रष्टा दूरदृष्टि राख्ने खालको पर्यो भने कविलाई थाहा नभइरहेको कुराहरूसमेत द्रष्टा व्यक्तिले केलाएर पर्गेनुपर्ने हुनसक्छ ।
भूमिका खण्डमा बैरागी काइँलाको ‘मन्तव्य’, डा.फणीन्द्रराज निरौलाको ‘युगकवि सिद्धिचरणका प्रतिनिधि रचनाहरू अध्ययन गरिएको सुन्दरमत् कृति’, युगकवि श्रेष्ठका छोरा रविचरण श्रेष्ठको ‘मन्तव्य’ र लेखक शाक्यको ‘मनका कुरा’ छन् । त्यसपछि विषयसूची छ । यसबाट जानकारी भएनुसार पुस्तकमा जम्मा ६९ वटा समीक्षात्मक लेखहरू छन् । यस पुस्तकलाई दुई खण्डमा विभाजित गरिएको छ । खण्ड ‘क’मा ६४ वटा लेखहरू छन् । यस खण्डमा युगकविका कविताहरूको समीक्षा छन् भने खण्ड ‘ख’ मा पाँचवटा लेख छन् । यी लेखमा उहाँका खण्डकाव्यहरूको समीक्षा गरिएको छ ।
यस पुस्तकमा समालोचक शाक्यले खण्ड ‘क’मा सिद्धिचरण श्रेष्ठका कविताको विभिन्न दृष्टिकोणबाट चर्चा र विश्लेषण गर्नुभएको पाइन्छ । खण्ड ‘ख’ मा पाँचवटा शीर्षकमा केही कृतिहरूको कृतिगत विश्लेषण गर्नुभएको छ । ‘युगकवि सिद्धिचरण श्रेष्ठ’ भनेर उहाँबारे लेखिएको छ भने अर्को शीर्षकमा ‘सिद्धिचरणका जेल संस्मरण’ भनेर त्यसको विश्लेषण गरिएको छ । यसैगरी ‘मंगलमान खण्डकाव्य’, ‘सिद्धिचरण र जुनकीरी’ र ‘ऐतिहासिक खण्डकाव्य-भीमसेन थापा’ शीर्षकमा पनि यी कृतिहरूको समालोचकीय विश्लेषण गरिएको छ ।
कवि वा साहित्यकारहरूले कुनै एउटा निश्चित दृष्टिकोण राखेर लेखेका हुन्छन् तर वास्तविक साहित्यकारले आफ्नो वादमा रहेर त्यो रचना गरेको हुन्छ त्यसको मुख्य जानकार कवि नै हुनेगर्छ तर कतिपय अवस्थामा स्रष्टाभन्दा द्रष्टा दूरदृष्टि राख्ने खालको पर्यो भने कविलाई थाहा नभइरहेको कुरासमेत द्रष्टा व्यक्तिले केलाएर पर्गेनुपर्ने हुनसक्छ । द्रष्टा र स्रष्टाबीचको यो गहिरो अन्तरसम्बन्ध हो । त्यस अर्थमा स्रष्टाभन्दा द्रष्टा अझै परसम्म पुग्नु आवश्यक हुन्छ । द्रष्टाको विश्लेषणबाट स्रष्टाले ‘ए मैले त त्यस्तो पो लेखेको रहेछु’ भन्नुपर्ने अवस्था आउन सक्छ ।
त्यस कारण द्रष्टा व्यक्तित्व बन्नु पनि जटिल जिम्मेवारी लिनु हो । त्यही जिम्मेवारीमा काँध थापेर आउनुभएको समालोचकका रूपमा स्वयम्भू शाक्यलाई पाउन सकिन्छ र उहाँले आफूले लिएको जिम्मेवारी इमानदार र निर्भीक बनेर पूरा गर्नुभएको छ । यसका लागि उहाँ बधाईका पात्र बन्नुभएको छ ।
त्यस कारण द्रष्टा व्यक्तित्व बन्नु पनि जटिल जिम्मेवारी लिनु हो । त्यही जिम्मेवारीमा काँध थापेर आउनुभएको समालोचकका रूपमा स्वयम्भू शाक्यलाई पाउन सकिन्छ र उहाँले आफूले लिएको जिम्मेवारी इमानदार र निर्भिक बनेर पूरा गर्नुभएको छ । यसका लागि उहाँ बधाईका पात्र बन्नुभएको छ । रचनाकारले आफ्ना रचनाहरूको व्याख्या आफैँ गर्दैन । त्यसमा निहित भाव एकै प्रकारको मात्र नभएर अनेकौं अर्थ लाग्ने खालको पनि हुन सक्छ । कविले कुन अर्थमा के कुरा व्यक्त गर्न चाहेको हुन्छ त्यसको बढी जानकार कवि स्वयाम् नै हुन्छ । कुन सिद्धान्त कुन भाव, कुन वादमा रहेर के लेख्दैछु भन्ने बोध कविलाई नै हुने गर्छ तर त्यसको मर्म समालोचकले पनि थाहा पाउनुपर्ने हुन्छ । सिर्जनाको अन्तरवस्तु थाहा पाउन सकिएन भने समालोचना गर्न सकिँदैन ।
समीक्षा लेखकको मौलिक सिर्जना होइन । त्यस अर्थमा यसलाई सजिलो विधाका रूपमा पनि हेर्न सकिएला तर समीक्षा वा समालोचना सिर्जनाभन्दा जटिल लेखन हो । सिर्जनामा लेखकले आफ्नो भाव संप्रेषण गरेको हुन्छ भने समालोचनामा समालोचकले आफ्नो स्रष्टा व्यक्तित्व देखाउन पाउँदैन । त्यसलाई लुकाएर द्रष्टा व्यक्तित्व वा विचार देखाउनुपर्ने हुन्छ । त्यस अर्थमा यसलाई जटिल लेखन हो भन्ने खोजिएको हो । यही जटिल बाटो हिँड्न चाहनुभएको छ समालोचक शाक्यले । उहाँले युगकवि श्रेष्ठका अधिकांश रचनालाई एकै ठाउँमा समेटेर तिनको समग्र समीक्षा गरिदिनुभएको छ ।
यो काम असहज नभए पनि दुरुह भने होइन भन्ने पुष्टि गरिदिनुभएको छ शाक्यले । यति जटिल काममा हात हालेर पनि सफलता प्राप्त गर्नुभएको छ उहाँले र परिणामतः उहाँबाट यस प्रकारको एउटा गहन कृति नेपाली साहित्यको बजारमा आउन सफल बनेको छ । यस समालोचनात्मक कृतिको बृहत् समालोचना आवश्यक छ तर यहाँ लेखनको एउटा निश्चित परिधि भएका कारण अहिले सामान्य टिप्पणीमात्र गरिएको छ । पछि कुनै ठाउँमा समालोचना पनि गरौँला भन्ने प्रतिबद्धता जाहेर गर्दै यस कृतिका लागि समालोचनाकार शाक्यलाई हार्दिक बधाई तथा कृतिको सफलताको शुभकामना । यसका साथै उहाँबाट आगामी दिनमा पनि यस्ता कृति आइरहून् भन्दै उहाँलाई अग्रीम शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच