टर्कीद्वारा सन् २०२४ मा हालसम्म करिव ४ हजार मानव तस्कर पक्राउ

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । टर्कीका सुरक्षा बलहरूले मानव बेचबिखन संगठनहरू विरुद्ध ६ हजार ३३९ अभियानहरू सञ्चालन गरेका छन् । जसमा सन् २०२४ को हालसम्म ३ हजार ९२४ तस्करहरूलाई पक्राउ गरेको टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले बताउनु भयो ।

२५७ मानव तस्करहरू देशव्यापी ४१ प्रान्तहरूमा गत दुई हप्तामा सञ्चालन गरिएको शिल्ड-२८ अपरेशनमा पक्राउ परेका थिए । युरोप, एशिया र मध्यपूर्व बीचको यसको अद्वितीय भौगोलिक स्थितिका कारण टर्किएले अवैध आप्रवासन व्यवस्थापनमा ठूलो चुनौतीहरूको सामना गरिरहेको छ ।

युरोपेली देशहरूमा प्रवेश गर्न खोज्ने आप्रवासीहरूका लागि यो देशलाई रुटको महत्वपूर्ण हिस्सा मानिन्छ । टर्किए लामो समयदेखि द्वन्द्वग्रस्त क्षेत्रहरू विशेष गरी सिरिया र अफगानिस्तानका शरणार्थीहरूको लागि गन्तव्य र ट्रान्जिट पोइन्ट भएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?