नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा अन्तर्राष्ट्रिय साहित्य, संस्कृति तथा पर्यटन उत्सव हुने भएको छ । बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले पाँचौं प्राज्ञ सभालाई सम्बोधन गर्दै चैतको पहिलो हप्ता उत्सव गरिने बताउनु भयो ।
बिगतका बर्षहरुमा पनि बर्दघाट प्रज्ञा प्रतिष्ठानले साहित्यमार्फत बर्दघाट नगरीलाई चिनाउने प्रयास गरेको उल्लेख गर्दै न्यौपानेले यस बर्ष पनि ३ दिनको उत्सव गर्ने तयारीमा रहेको बताउनु भयो ।" हामीले माघमा चित्रकला तथा नाटक प्रर्दशन , फागुनमा गजल, गीत तथा चारु लेखन, प्रशिक्षण तथा गायन र बैशाखमा साहित्यिक भ्रमण गर्ने योजनामा छौँ ।" कुलपति न्यौपानेले भन्नुभयो ।
प्रज्ञा सभामा सदस्य सचिव शरद पौडेलले प्रतिबेदन मार्फत आर्थिक वर्षमा सम्पन्न गरिएका कार्यक्रमहरुको विवरण र अगामी योजनाहरु प्रस्तुत गर्नु भएको थियो । पौडेलले प्रस्तुत गर्नु भएको प्रतिबेदन अनुमोदन गर्दै सभामा सहभागी प्रज्ञा सभा सदस्यहरुले नगरको विकास र सांस्कृतिक पहिचानलाई जोड्दै नयाँ कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् ।
नगरप्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट प्रज्ञा प्रतिष्ठानले गतवर्ष गरेको साहित्यिक पर्यटन कार्यक्रमको प्रशंसा गर्दै नगरका विविध जातीय पर्वहरुको उत्थानमा प्रतिष्ठानले भूमिका खेल्नुपर्ने बताउनु भयो । उहाँले नेपाल संम्वतलाई पनि उजागर गर्न आग्रह गर्नुभयो । त्यस्तै, नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले नगरका जातीय भाषाहरुको संरक्षणमा प्रतिष्ठानले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिँदै सबै सदस्यहरुलाई आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच