जलवायु परिवर्तनका असर न्युनिकरणका लागि विश्व समुदायले नेपाललाई सहयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

हिमालय टाइम्स

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्ल्ड अर्बान फोरममा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर न्युनिकरणका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेकुरालाई जोड दिएको बताउनुभएको छ ।

इजिप्टको कायरोमा वर्ल्ड अर्बान फोरममा सहभागी भइ नेपाल फर्किएसँगै त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर दातृ निकायहरुले नेपाललाई जलवायु परिवर्तनका असरबाट बचाउन सहयोग गर्न अपिल गरेको बताउनु भयो ।

उहाँले जलवायु परिवर्तनका कारण नेपालले अतिवृष्टि, अनावृष्टिलगायतका विपद् भोगिरहेको कुरा सम्मेलनमा प्राथमिकताका साथ उठाएको बताउनु भयो । उहाँले बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा रहेको कुरा सम्मेलनमा जोडदार रुपमा उठाएको नेपालको प्रश्तुती सशक्त भएको उल्लेख गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय समुदायहरु नेपाललाई जलवायुअनुकुलनका लागि सहयोग गर्न सकारात्मक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘युएनले नेपालमा विभिन्न सहकार्य गरी कार्यक्रमहरु गर्दै आएको छ । त्यसमा पनि विशेष गरी संघीयतामा गइसकेपछि स्थानीय निकायलाई नै इन्करेज गर्नुपर्छ, समावेश गर्नुपर्छ भनेर शहरहरु निर्माण गर्नको लागि युएन ह्याबिटाइटले धेरै ठूलो कन्ट्रिब्युुसन रहेको कुरा र त्यसमा पनि हाइलाइट गर्‍यौँ । जलवायु परिवर्तनका कारणले गर्दा अहिले हाम्रो शहरहरुमा अतिवृष्टि, बाढी, पहिरो जाने, हिमालहरुमा हिउँ पग्लिने, हिमताल फुट्ने लगायतका कारणले नेपाल समस्यामा छ । कम कार्बन उत्सर्जन गर्ने नेपाल सबैभन्दा बढी जलवायु परिवर्तनका असर भोग्नुपरिरहेको छ । जसले विभिन्न विपद् निम्त्याइरहेको छ । नेपाललाई सहयोग पुर्‍याउने कुरामा जोड दिएको छु ।’

उपप्रधानमन्त्री सिंहले जलवायु परिवर्तनका असर कम गर्नेगरी नयाँ शहरको निर्माणको योजना बनाउनुपर्ने बतउनु भयो । गत आईतवार इजिप्ट प्रस्थान गर्नुभएका उपप्रधानमन्त्री सिंहले शहरी विकास सम्बन्धी विश्व सम्मेलनमा तीन वटा सत्रलाई सम्बोधन गर्नुभएको थियो । सम्मेलनमा नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी शहरीकरण र बस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई प्रमुख एजेण्डा बनाउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
गगन थापाकाे प्रश्न : आफ्ना पीडा सुनाउन किन आफ्नै शरीरमा आगो लगाउनुपर्ने… गणेश नेपालीको मृत्युले राज्य र समाजलाई गम्भीर आत्मचिन्तन गर्न बाध्य बनाएको छ… गणेश नेपालीको मृत्युपछि माइतीघरमा प्रदर्शन, वीर हस्पिटल जाँदै गर्दा भद्रकालीमा राेकियो लागुऔषधसहित २० जना पक्राउ सामुदायिक क्याम्पसलाई राष्ट्रिय उच्च शिक्षा प्रणालीको मूलधारमा राख्नुपर्नेमा जोड अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ बेरुजु अध्ययनका लागि लेखा समितिले बनायो पाँच उपसमिति अक्सिजन ग्यास सिलिन्डर विस्फोट हुँदा एक जनाकाे मृत्यु आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारकै क्रममा मृत्यु मिटरब्याजविरुद्ध जनकपुर-काठमाडौं पैदल मार्च