काठमाडौं । नेकपा (एमाले)ले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।
आज बसेको सचिवालय बैठकले सिंगो पार्टी पंक्तिलाई स्थानीय तहको उपनिर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताउनु भयाे ।
एमालेको विजयका लागि सम्पूर्ण कार्यकर्ता र नेतृत्व पंक्तिलाई परिचालन हुन आह्वान गरिएको ज्ञवालीले बताउनु भयो ।
ज्ञवालीले भन्नुभयो 'अहिलेको अन्तर्राष्ट्रिय परिस्थितिलाई नियालेर हामीले राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुवै छिमेकीसँग असल, सन्तुलित र राष्ट्रिय हितमाथि आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा हामीले जोड दिएका छौँ । अब प्रधानमन्त्रीज्यू चीन भ्रमणमा जाँदै हुनुहुन्छ । आजको बैठकले प्रधानमन्त्रीको उक्त भ्रमण अधिकतम राष्ट्रिय हितमा उपयोग गर्नका लागि समेत सरकारलाई आग्रह गरिएको छ ।'
यसैगरी, बैठकले उपनिर्वाचनका लागि सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको उपमहासचिव ज्ञवालीले बताउनु भयो ।
त्यस्तै मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पुर्वमन्त्री लिला बल्लभ अधिकारीलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन गर्ने प्रदेश कमिटीको निर्णय अनुमोदन गरेको ज्ञवालीले जानकारी दिनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच