झापा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मातृभाषाका साथै बद्लिदो परिवेशका कारण अङ्ग्रेजी पनि सिक्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।
आज झापाको दमकमा नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को कोसी प्रदेश सम्मेलन तथा विचार गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले हरेक सामुदायिक विद्यालयले मातृभाषाका साथै विद्यार्थीलाई न्यूनतम रूपमा अङ्ग्रेजी भाषामा बोलीचाली गर्नसक्ने गरी क्षमता वृद्धि गराउनुपर्नेमा जोड दिनुभयो । अङ्ग्रेजी भाषाले अन्तर्राष्ट्रिय मान्यता पाएकाले पनि यो सिक्नु जरूरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
आफ्नो विद्यालय तहको पढाइ स्मरण गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, “हामी विद्यालय पढ्ने बेला कक्षा पाँचमा मात्रै अङ्ग्रेजी अक्षर चिनेको थिएँ । अहिले समय बदलिएको छ । अङ्ग्रजी भाषाले अन्तर्राष्ट्रिय मान्यता पाएसँगै विश्वको जुनसुकै ठाउँमा पुगे पनि सञ्चार गर्न सकिन्छ । नेपाली शिक्षा, रोजगारीलगायत कारणले विभिन्न मुलुक जाने गरेका छौँ, तसर्थ अङ्ग्रेजी सिक्नु आवश्यक जस्तै बनेको छ ।”
उहाँले भाषिक ज्ञान र सीपलाई व्यवहारमा सही तरिकाले कार्यान्वयन गर्न सके मात्र परिवेश र अवस्था सुहाउँदो शिक्षा प्राप्त सकिने धारणा राख्नुभयो । यस किसिमका विचार गोष्ठी तथा सम्मेलनमा हुने अन्तरक्रिया र बहसले आगामी दिनमा अङ्ग्रेजी भाषाको शिक्षण सिकाइमा थप मद्दत पुग्ने मुख्यमन्त्री कार्कीले विश्वास व्यक्त गर्नुभयो ।
नेल्टा कोसी प्रदेश समितिका अध्यक्ष गुणराज नेपालको अध्यक्षतामा भएको उद्घाटनमा नेल्टाका पूर्वराष्ट्रिय अध्यक्ष एवं प्राध्यापक डा गोविन्दराज भट्टराई, काठमाडौँ विश्वविद्यालय शिक्षा सङ्कायका डिन प्रा डा बालचन्द्र लुइँटेल, नेल्टाका केन्द्रीय अध्यक्ष प्रा डा लक्ष्मण ज्ञवाली, अमेरिकी दूतावासको क्षेत्रीय अङ्ग्रेजी भाषा विभागप्रमुख रोजरअफ कोहेन, युकेबाट फोनेक्स केनी, नेल्टाका पूर्वअध्यक्ष सहप्राध्यापक मोतिकला सुब्बा, काठमाडौँ विश्वविद्यालयका सहप्राध्यापक हेमन्तराज दाहाललगायत व्यक्तित्वको उपस्थिति थियो ।
आइतबारसम्म सञ्चालन हुने उक्त गोष्ठीमा कोसी प्रदेशका विभिन्न विद्यालयका, क्याम्पसलगायत शिक्षण संस्थाका अङ्ग्रेजी विषयका शिक्षकहरू गरी करिब पाँच सय सहभागी भएका आयोजकले जनाएको छ ।
स्थानीय सिदार्थ बोर्डिङ स्कूलमा सुरु भएको शैक्षिक क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञहरूबीच बहस र अन्तरक्रियासहितकको यस किसिमको गोष्ठी झापामा पहिलो पटक भएको आयोजकको भनाइ छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि