सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–१, शंकरगंजमा हिजो साँझ सवारी दुर्घटना भएको छ । प्र.२–०२–००२ प ५८८२ नम्बरको मोटरसाइकलले पैदल यात्री ७० वर्षीया देवकी महतोलाई ठक्कर दिएको थियाे। ब्रहम्पुरी गाउँपालिका–७, मोहनगंजकी देवकी महतोको मोटरसाइकलको ठक्करले शरिरका विभिन्न भागमा चोट लागेको थियो।उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएकोमा उनकाे मृत्यु भएकाे थियाे ।
घटनामा संलग्न मोटरसाइकल र चालकलाई प्रहरिले नियन्त्रणमा लिइएको छ।
मृतकको शव प्रादेशिक अस्पताल मलंगवामा बाट मृतकको छोराले आज शव बुझेर लगेका छन् ।
यस्तै आज बिहान सर्लाही, मलंगवा नगरपालिका–४ स्थित विश्वकर्मा चोकमा एक सवारी दुर्घटना भएको छ। उक्त दुर्घटनामा एक मोटरसाइकलले घर अगाडी खेलिरहेका ३ वर्षीया बालक आर्यन पासवानलाई ठक्कर दिएको थियाे।
माेटरसाइकलकाे ठक्करबाट आर्यन पासवानको टाउकोमा चोट लागेको र उनकाे प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
त्यस्तै सर्लाहीको बलरा नगरपालिका–८, गडहिया बजारमा आज बिहान एक सवारी दुर्घटना घटित भएको छ । दुर्घटनामा गोडैता नगरपालिका–१०, सिसौटिया बस्ने ३५ वर्षीय राजेश कुमार मण्डलले प्रदेश–३–०२–०१० प ९५७५ नम्बरको मोटरसाइकल चलाउँदै मिर्जापुरदेखि सिसौटिया तर्फ जाँदै गर्दा पछाडि सवार १५ वर्षीया खुशबु मण्डल अचानक मोटरसाइकलबाट लड्न पुुगेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलबाट लड्दा खुश्बु मण्डलको टाउकोमा चोट लागेको र उनलाई स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात, थप उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पठाइएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुुभयो ।
प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिइरहेको छ ।
शिवनगरबाट मदनपुरतर्फ आउँदै गरेको ज ५ प ७५१८ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका ५ वर्षका बालक आर्यन कुमार रायलाई ठक्कर दिएको थियाे । घटनामा आर्यन कुमार रायको टाउको, कान, दायाँ÷बायाँ दुबै खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ।
उनलाई तत्काल उपचारको लागि मलंगवा, तर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुु भयो । सर्लाहीको पर्सा गाउँपालिका–१, संग्रामपुर स्थित हरिपुर्वा सडक खण्डमा आज दिउँसो एक सवारी दुर्घटना घटित भएको छ। मलंगवाबाट जनकपुर जाँदै गरेको ना ४ ख ४७३५ नम्बरको बसको छतमा सवार २० वर्षीय पर्सा गाउँपालिका–२ का रवी मण्डल, तारमा अल्झिएर छतबाट लडेर घाइते भएका छन्।
उनकाे उपचार भइरहेकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच