गाजा । इजरायली सेनाले अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्ड पालना नगरेको औंल्याउँदै कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरू पूर्णरूपमा नष्ट क्षेत्रमा परिणत भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकार कार्यालयका निर्देशक अजित सुंगाईले बताउनुभएको छ ।
उहाँले गाजामा अस्पताल, बिरामी तथा सर्वसाधारणमाथि बारम्बार भइरहेको इजरायली आक्रमणलाई औंल्याउँदै यसले मानिसहरूलाई दक्षिणमा विस्थापित गर्ने र उत्तरी क्षेत्र खाली उद्देश्यले प्यालेस्टिनीको आर्थिक स्रोतलाई जानाजानी लक्षित गरिरहेको बताउनुभएको छ ।
उत्तरी गाजामा प्रवेश गर्न गत अक्टोबर-७ देखि संयुक्त राष्ट्रका एजेन्सीहरूले भोग्नुपरेको कष्टलाई उल्लेख गर्दै उहाँले गाजा पूर्णरूपमा नष्ट भएको क्षेत्रमा परिणत भएको उल्लेख गर्नु भएको हो ।
गाजाको स्वास्थ्यमन्त्रालयले शुक्रबार गाजा पट्टीमा चलिरहेको इजरायली आक्रमणबाट मृत्यु हुनेहरूको संख्या ४३ हजार ५०८ पुग्नुका साथै एक लाख दुई हजार ६८४ जना घाइते भएको घोषणा गरेको छ । रासस/क्यूएनए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच