सर्लाही । सर्लाहीको इलाका प्रहरी कार्यालय हरिवनको हिरासतबाट एक थुनुवा फरार भएका छन् । बरहथवा नगरपालिका-९, मूर्तिया निवासी रामअयोधी मुखिया शनिबार दिउँसो प्रहरी नियन्त्रणबाट भागेका हुन् ।
घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रविन्द्र बहादुर सिंहले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, "थुनुवा प्रहरी नियन्त्रणबाट कसरी भाग्न सफल भए भन्ने विषयमा छानबिन सुरु भएको छ।" एसपी सिंहकाअनुसार हिरासत व्यवस्थापनमा संलग्न चार जना प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर सोधपुछ भइरहेको छ ।
मुखिया लागूऔषध मुद्दामा बारम्बार पक्राउ पर्ने अभियुक्त हुन् । उनी सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा रहेका बेला फरार भएका हुन् । फरार थुनुवालाई पक्राउन विशेष प्रहरी टोली परिचालन गरिएको छ । मुखियालाई चाँडै नियन्त्रणमा लिने एसपी सिंहले विश्वास व्यक्त गर्नुभयाे ।
यस घटनाले हिरासत व्यवस्थापन र प्रहरीको जिम्मेवारीप्रति गम्भीर प्रश्न खडा गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच