कैलाली । पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रास्वपा सभापति रवि लामिछाने पक्राउको बिरोध गर्दै आन्दोलन गर्नुको कुनै तुक नरहेको बताउनु भएकाे छ । गृह जिल्ला डडेल्धुराका बिभिन्न कार्यक्रममा सहभागी हुन धनगढी विमानस्थल पग्नुभएका देउवाले सञ्चारकर्मीहरु सगं संक्षिप्त प्रतिक्रिया दिदै रवि लामिछानेलाई कानुन अनुसार कारवाही हुने बताउनुभयो ।
ससंदिय छानबिन समितिको प्रतिवेदन अनुसार लामिछाने पक्राउ परेको भन्दै देउवाले रविलाई कानुन अनुसार कार्वाही हुने दावी गर्नुभयो । अन्य राजनितिक दलका नेताहरु पनि बिभिन्न मुद्धामा पक्राउ परेर कारवाही भोगिरहेको स्मरण गराउँदै देउवाले कानुनको सबैले पालना गर्नुपर्ने बताउनुभयो । लामिछाने पक्राउको बिरोधमा आन्दोलन गर्नुपर्ने कुनै कारण नरहेको बताउँदै देउवाले रविको छानबिनमा सघाउन आग्रह गर्नु भयो ।
देउवाले सरकारलाई कमजोर पार्ने खालले बर्तमान सरकार ढल्छ भन्ने गलत हल्ला फैलाइएको भन्दै यसको बिस्वास नगर्न आग्रह गर्नुभयो । बर्तमान समस्या र अस्थिर सरकारलाई स्थिर बनाउन यो समिकरण बनेकाले पुरै कार्यकाल यही समिकरणले निरन्तरता पाउने दावी गर्नु भयो ।
सभापति देउवा कात्तिक २६ गते सोमबार डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कांग्रेस डडेल्धुराले जनाएको छ । कार्यतालिका अनुसार कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुनु हुने छ ।
डडेल्धुरा सभापति भीमबहादुर साउदका अनुसार सभापति देउवा कात्तिक २८ गते पार्टीको जिल्ला कार्यसमितिको बैठक, पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ । सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका-१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुनुहुनेछ । गन्यापधुरा देउवाको गृह पालिका हो । यो पालिकामा नै उहाँको मतदाता नामावली रहेको छ ।
जिल्ला सभापति साउदले पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम तय भएको पनि जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच