कालीकाेट । कालीकोटको पलाँता गाउँपालिका-३ स्थित राडुकाप्रे खोलामा बोलेरो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन् ।
गाडीमा सवार २० जनामध्ये ८ जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयाे ।
उहाँका अनुसार बाँकी १२ जना घाइते छन् । ती मध्ये केहीकाे अवस्था गम्भीर छ ।
अहिले उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर घटनास्थलतर्फ जानका लागि सदरमुकाम मान्म पुगिसकेकोसमेत उहाँले जानकारी दिनुभयो ।
दुर्घटनाबारे थप विवरण आउन भने अझै बाँकी छ ।
(संख्यामा पहिले अन्यथा भएकाले सच्याइएको छ । ) सं.
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच