सर्लाही । ईलाका प्रहरी कार्यालय हरिवनको हिरासत कक्षबाट फरार एक जना थुनुवा पक्राउ परेका छन् ।
शनिबार दिउँसो फरार भएका बरहथवा नगरपालिका-९ मूर्तिया निवासी रामअयोधी मुखियालाई हरिवन नगरपालिका-६ चार्ली नयाँबस्ती घुर्कौलीमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्रबहादुर सिंहले जानकारी दिनुुभयो ।
प्रहरी हिरासतबाटै थुनुवा फरार भएको घटनामा जिल्ला प्रहरी कार्यालयले ईलाका प्रहरी कार्यालय हरिवनका हिरासत व्यवस्थापन अधिकृतसहित चारजना सुरक्षाकर्मीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान सुरु गरिएको एसपी सिंहले बताउनु भयो ।
सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रविन्द्रबहादुर सिंहका अनुसार फरार थुनुवा लागूऔषध मुद्दामा पटक-पटक पक्राउ परेका अभियुक्त हुन् ।
सर्लाही जिल्ला अदालतबाट म्याद थप भई प्रहरी हिरासतमा रहेका फरार मुखिया गएको कार्तिक ४ गते ६ किलो गाँजासहित पक्राउ परेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच