कालीकोट । कालीकोटको् पलाता गाउँपालिका–३ राडुनेटामा जिप दुर्घटना परेर मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा पलाता गाउँपालिका–६ की दसकला शाही, सोही ठाउँका पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता–५ की छाया शाही तथा पलाता–३ का दमन रोकाया रहेका छन् ।
यस्तै दुर्घटनामा परेर घाइते हुनेहरुमा पलाता–६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भुपेन्द्र रोकाया, पलाता–३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया, ठेगाना नखुलेका जिपका चालक धनिराम रावत तथा पलाता–५ का दोली विक र आयुशा विक रहेका प्रहरीले जनाएको छ ।
घाइते १३ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकप्टरमा उपचारका लागि कर्णाली प्रादेशीक अस्पताल सुर्खेत लगिएको प्रहरीले जनाएको छ । पलाता गाउँपालिका–५ खिनदेखि थिर्पुतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच