काठमाडौं । कवि विनय रावलका कृतिहरू समेटिएको कृति ‘विनय-ग्रन्थ’ विमोचन गरिएको छ । भूगोल साहित्य समाजले काठमाडौंमा एक कार्यक्रमबीच उक्त कृति विमोचन गरेको हो । समाजका अध्यक्ष विनोद नेपालको अध्यक्षता, वरिष्ठ गजलकार ज्ञानुवाकर पौडेलको प्रमुख आतिथ्य, डा.तुलसी भट्टराई र विनय रावलकी धर्मपत्नी सुलोचना रावलको आतिथ्यमा कृति लोकार्पण गरिएको थियो । सो अवसरमा रावलको व्यक्तित्वका विभिन्न पाटा, स्वभाव र आनीबानीका साथै विभिन्न घटनाको स्मरण गरिएको थियो ।
विनय–ग्रन्थ डा.तुलसी भट्टराईको सम्पादन र संयोजनमा विनय रावल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित गरिएको हो । ४०० पृष्ठको यस ग्रन्थमा कवितासंग्र ‘मलाई तिमी आफूजस्तै बनाउ’, ‘सपनाको देशमा,’ लेखहरूको संगालो ‘समय-प्रवाह’ र नियात्रा ‘टुल्दिदीको देश’ रावलका चार कृतिका साथै ‘विभिन्न व्यक्तिका दृष्टिमा विनय रावल’समेतका सामग्री समावेश छन् ।
२०१३ साल कात्तिक २२ गते जन्मिनुभका विनयको पूर्वोत्तर भारतको साहित्यिक यात्राका क्रममा २०६२ साल जेठ २५ गते सवारी दुर्घटनामा निधन भएको थियो । कार्यक्रम रावलको ६८औं जन्मजयन्तीको अवसरमा आयोजना गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच