काठमाडौं । कलाकार एवं लेखक रमेश खनालको लघुकथासंग्रह ‘युद्धमा बिलाएको सपना’ लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघको आयोजनामा उक्त कृतिको काठमाडौंमा एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संघका अध्यक्ष राधेश्याम लेकाली, किशोर पहाडी, प्राडा.गोविन्दमानसिंह कार्कीलगायतले कृति लोकार्पण गर्नुभएको थियो ।
सार्वजनिक कृतिमाथि समालोचक प्राडा.कार्कीले समीक्षात्मक टिप्पणी राख्नुभएको थियो । उक्त अवसरमा प्रमुख अतिथि कर्माचार्य, राधेश्याम लेकाली, कृतिकार खनाल, नरेन्द्रबहादुर श्रेष्ठ, किशोर पहाडीले आ-आफ्ना भनाइ राख्नुभएको थियो । कथाकार इन्दिरा ढकालले लोकार्पित कृतिबाट एक लघुकथा वाचन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण कवि मुरारी सिग्देलले गर्नुभएको थियो ।
रमेश खनाल साहित्य, कला र खेलकुद क्षेत्रमा परिचित व्यक्तित्व हुनुहुन्छ । अब उहाँ लघुकथाकारका रूपमा पनि साहित्य क्षेत्रमा आउनुभएको छ । ‘युद्धमा बिलाएको सपना’ लघुकथासं्रहमा ३१ लघुकथा समेटिएका छन् । यस कृतिलाई अरुपण नेशनल रिसर्च सेन्टर, नेपालले प्रकाशन गरेको हो । किताबको मूल्य ५० रुपैयाँ राखिएको छ ।
खनालका ‘एकमुठी माटो’, ‘इन्दिराको भ्यागुता’ र ‘स्टिना’ नामक तीन कथासंग्र्रह प्रकाशित छन् । यस्तै ‘म घाममा पानीपानी हुन्छु’, ‘तेस्रो झर्को घाम लाग्यो’, ‘पानी पर्यो’, ‘उपेक्षित पक्षहरूसँग जीवनको एक सम्झौता’ नामक तीन कवितासंग्रह पनि उहाँका प्रकाशित छन् । त्यस्तै ‘उत्तरचेतनामूलक साहित्यिक अध्ययन’ शीर्षकको उहाँको समालोचना कृति प्रकाशित छ ।
कार्यक्रममा दिव्य गिरी, श्रीराम राई, डा.बुनु दाहाल, राधेश्याम मुल्मी, डा.सुमी रिमाल, प्राडा.श्रीरामप्रसाद उपाध्याय, नीरा श्रेष्ठ महर्जन, रीता खनाल, विनोद गुप्ता, सञ्जु प्रधान मास्के, सगुन भण्डारी, सुस्मिता कार्की, कोमल श्रेष्ठ, कृति राउत, दीक्षा चौधरीलगायत साहित्यकार र कलाकारको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच