सुनसरी । कवि विमल गुरुङ कृति पुरस्कार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’लाई अर्पण गरिएको छ । कवि विमल गुरुङको ५३औं जन्मजयन्ती तथा ३३आंै राष्ट्रिय कविता महोत्सवको अवसरमा शनिबार एक विशेष समारोहबीच २०८० भित्र प्रकाशित स्वदेश र विदेशबाट नेपाली भाषाका पुस्तकहरूमध्ये ‘शब्दथुम’लाई ‘कवि विमल गुरुङ कृति पुरस्कार-२०८०’ अर्पण गरिएको हो ।
समारोहमा नेपाल संस्कृत विश्वविद्यालयका निमित्त उपकुलपति प्रा.डा. भीम खतिवडा, अध्यक्ष पूर्णबहादुर गुरुङले कृतिकार थाम्सुहाङलाई तामत्रपत्र र दोसल्लासहित नगद दुई लाख रुपैयाँले सम्मान अर्पण गर्नुभएको थियो । उक्त अवसरमा इटहरीका तरहराका युवा साहित्यकार तथा सञ्चारकर्मी विवेक विवस रेग्मीलाई कवि विमल गुरुङ स्मृति पुस्तकालय युवा सम्मान अर्पण गरिएको थियो ।
सम्मानसहित उहाँलाई नगद राशी १० हजार रुपैयाँ, दोस्लला र सम्मान पत्र प्रदान गरिएको थियो । उक्त अवसरमा सिक्किमका साहित्यकार टी वी चन्द्र सुब्बा, १०३ वर्षीया ज्येष्ठ नागरिक दिलमाया गुरुङ र विरेन गुरुङलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगितामा अञ्जान प्रदीप प्रथम हुनुभयो । उहाँको ‘सपना’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो । यसैगरी ‘थेम्स नदीको किनारै किनार’ शीर्षको शान्ति खिम्दिङ लिम्बुको कविता दोस्रो भयो भने समीक्षा छिलिङ राईको कविता ‘फूल र म’ले तृतीय स्थान हासिल गरेको थियो । प्रतियोगितामा विजयी कविहरूलाई क्रमशः २१ हजार, १८ हजार र १७ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
समारोहमा कवि विमल गुरुङकाबारेमा साहित्यकार शशी लुमुम्बुले प्रकाश पार्नुभएको थियो । १९ वर्षको उमेरमै पत्रकारितासँगै शसक्त कविता लेखेर उदाउँदै गरेको बेला २०४८ साल वैशाख २४ गते धादिङको जुकेपानीमा बस दुर्घट्नामा परी विमलको देहावसान भएपछि एक्लो कवि छोराको नाममा बेलायती लाहुरे बाबु पूर्णबहादुर गुरुङ र परिवारले धरान १८ बुद्धचोकमा ‘कवि विमल स्मृति पुस्तकालय’ स्थापना गरेको लुमुम्बुले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच