काठमाडौं । एन्टिमाइक्रोबियल रेसिस्टेन्ट (एमएमआर) लाई लिएर गरिएको रिपोर्टिङका आधारमा स्वास्थ्य खबरका धनबहादुर खड्का ‘ग्लोबल एएमआर मिडिया अवार्ड-२०२४’ बाट पुरस्कृत हुनुभएको छ । ‘अलार्मिङ एमएमआरः २१ एन्टिबायोटिक रेसिस्टेन्ट वन पेसेन्ट’ शीर्षकमा नेपाल लाइभ टुडे र त्यसअघि स्वास्थ्य खबरमा प्रकाशित ‘प्रभावहिन बन्दै एन्टिबायोटिक’ बाट उहाँले उक्त अवार्ड प्राप्त गर्नुभएको हो ।
विश्वका ३० देशका मिडियाकर्मी र संस्थाहरूको संगठन ‘ग्लोबल एएमआर मिडिया अलाइन्स’ले यो पुरस्कार प्रदान गर्ने गरेको छ । विश्व स्वास्थ्य संगठन ६ वटा क्षेत्र छुट्याएर पुरस्कारका लागि प्रकाशित समाचार माग गरिएको थियो । हरेक क्षेत्रबाट प्रतिस्पर्धामा आएकामध्ये तीन उत्कृष्ट समाचारलाई छनोट गरिएको हो ।
छनोटका लागि एएमआरमा काम गरिरहेका विज्ञ, सरोकारवाला र हेल्थ तथा साइन्समा रिपोर्टिङ गरिरहेका वरिष्ठ पत्रकार सम्मिलित २२ जनाको जुरी कमिटी बनाइएको थियो । विश्वका ४३ देशबाट ४१३ वटा आवेदनबाट पुरस्कृतहरू छानिएका हुन् ।
बिहीबार भएको चौथो वार्षिक ग्लोबल मिडिया फोरममा उक्त अवार्ड घोषणा गरिएको थियो । दक्षिण-पूर्वी एशियाबाट खड्कासहित तीनजना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा बंगलादेशको ढाका ट्रिब्युनका पत्रकार नुरुल इस्लाम हसिब र भारतबाट प्रकाशित हुने इण्डियन एक्स्प्रेसमा अनुराधा मास्क्रेनहस रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच