काठमाडौं । नेपालस्थित हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा उपलब्ध गराइरहेको हुण्डाईको इलेक्ट्रिक कार आयोनिक ५ अब सय किलोवाट मोटरमा उपलब्ध गराउने भएको छ । सय किलोवाट क्षमताको आयोनिक ५ इभीको मूल्य ९२ लाख ९६ हजार रुपैयाँ हुनेछ । सन् २०२२ फेब्रुअरीमा आयोनिक ५ नेपाल भित्रिएको थियो ।
आयोनिक ५ मा ५८ किलोवाटको ब्याट्री जडान गरिएको र तीन सय ७५ किलोमिटरसम्मको माइलेज दिने कम्पनीको दाबी छ । आयोनिक ५ ले २०२२ को विश्व कार अफ दि इयर, विश्व इलेक्ट्रिक कार अफ दि इयर र विश्व कार डिजाइन अफ दि इयरलगायतका पुरस्कार प्राप्त गरेको छ । कम्पनीका अनुसार हुण्डाई आयोनिक ५ सबैभन्दा बढी सजावटयुक्त र प्रिमियम इलेक्ट्रिक कार मानिन्छ ।
आयोनिक ५ इभीको मोटर पावर फरक भए पनि सो इभीले दिने रेन्ज र अन्य स्पेक भने १२५ किलोवाटको जस्तै हुनेछ । आगामी एक महिनाभित्रै उक्त नयाँ गाडी नेपाली बजारमा उपलब्ध हुने भएकाले खरिद गर्न चाहने ग्राहकले शोरुममा बुक गर्न सक्ने पनि कम्पनीले जनाएको छ । आयोनिक ५ नेपालमा उपलब्ध हालसम्मकै छिटो चार्ज हुन सक्ने इभी हो । जसले ३५० किलोवाट क्षमताको डिसी फास्ट चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले १८ मिनेटमै १० देखि ८० प्रतिशत चार्ज गर्न सक्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच