काठमाडौं । अटोमोबाइल ब्राण्ड एक्सपेङको आधिकारिक बिक्रेता सिजी मोटर्सले काठमाडौंको थापाथलीस्थित आफ्नो फ्ल्यागसिप शोरूम उद्घाटन गरेको छ । सो अवसरमा कम्पनीले एक्सपेङको जी ६ एसयुभीको लन्च गरेको छ । जी ६ अल्ट्रा स्मार्ट कोप एसयुभी मोडलबाट एक्सपेङले लिडिङ दी फ्युचर अफ एआई मोबिलिटी ब्राण्ड भिजन राखेको छ । कम्पनीका अनुसार जी ६ मोडललाई विश्वको सबैभन्दा कडा सुरक्षा परीक्षण ई-एनक्यापमा फाइभस्टार रेटिङ दिइएको छ ।
साथै एक्सपेङ जी ६ मा स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.०, ओटिए अपडेट, एक्सओएस अपरेटिङ सिस्टम र आठ सय भोल्ट सुपर फास्ट चार्जिङ प्रणाली समावेश छ । जसको मोटर पावर र टर्क क्रमशः १९० किलोवाट र ४४० एनएम रहेका छन् भने ६६ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ । गाडी जसले ४३५ किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ । हाल विश्वका ३० भन्दा धेरै देशमा एक्सपेङले आफ्नो उपस्थिति जनाइसकेको छ । उद्घाटन कार्यक्रममा सिजी मोटर्सले पहिलो चरणका ग्राहकलाई २५ वटा जी ६ गाडी हस्तान्तरण गरेको छ ।
कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधि, एक्सपेङ मोटर्सका उपाध्यक्ष, डा. ब्रायन गू, चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीको उपस्थिति रहेको थियो । देशभरि २० भन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत् उपलब्ध गराइरहेको एक्सपेङ सिजिएमको ब्राण्ड पोर्टफोलियोमा सबैभन्दा नयाँ ब्राण्ड हो । सिजिएमले यस वर्षभित्रै ४० स्थानमा सेवा केन्द्र विस्तार गर्ने र हालको २४४ भन्दा बढी स्थानको डिसी फास्ट चार्जिङ नेटवर्कमा दुई सय अतिरिक्त चार्ज पोइन्ट थप्ने लक्ष्य लिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच