काठमाडौं । सफ्टवेयर विकासमा क्रियाशील नेपाली कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्राइभेट लिमिटेडले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । एसियन–आसियान कम्प्युटिङ इण्डस्ट्री एसोसिएसन (असोसियो) द्वारा जापानको टोकियोमा आयोजित डिजिटल समिटमा डाइनामिक टेक्नोसफ्टले ‘असोसियो एडटेक अवार्ड २०२४’ प्राप्त गरेको हो । असोसियो एसियाका २४ देशका सूचना प्रविधि क्षेत्रका संस्थाहरूको अन्तर्राष्ट्रिय महासंघ हो । संस्थाले प्रत्येक वर्ष उत्कृष्ट योगदान पु¥याउने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मान प्रदान गर्दै आएको छ । यस वर्षको डिजिटल समिटमा एसिया-प्यासिफिक क्षेत्रका डिजिटल उद्योगका नेतृत्वकर्ता, नवप्रवर्तक र विशेषज्ञको उपस्थितिमा डाइनामिक टेक्नोसफ्टलाई ‘एडटेक अवार्ड २०२४’ प्रदान गरिएको हो ।
डाइनामिक टेक्नोसफ्टको स्थापना वीरगञ्जमा सन् २०१० मा भएको हो । मोफसलमा स्थापना भई देशका विभिन्न जिल्लामा आफ्नो बलियो बजार विस्तार गर्न सफल डाइनामिक टेक्नोसफ्ट अहिले अन्तर्राष्ट्रिय बजारमा समेत प्रवेश गरिसकेको छ । कम्पनीका अनुसार मोफसलमा खुलेका कम्पनीमध्ये प्रतिष्ठित असोसियो अवार्ड जित्ने पहिलो कम्पनी डाइनामिक टेक्नोसफ्ट बनेको छ ।
अवार्डले आइटी क्षेत्रमा डाइनामिक टेक्नोसफ्टको योगदानलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिएको कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक साहले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले नेपाली आइटी क्षेत्रको क्षमता र सम्भावना अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्दै लगेका छौँ, यसै क्रममा पाएको असोसियो अवार्डले हामीलाई अघि बढ्न थप प्रेरणा मिलेको छ ।’ कम्पनीले विशेष गरी विद्यालय र कार्यालय व्यवस्थापनका लागि डाइनामिक एकेडेमिक इआरपी, डाइनामिक एकाउन्ट इआरपी, एचआर र पेरोल सफ्टवेयर, डाइनामिक एएमएस जस्ता सफ्टवेयर विकास गरेको छ । कम्पनीबाट उत्पादित सफ्टवेयर ठूला व्यावसायिक घराना, अस्पताल, उद्योग, व्यावसायिक संघ–संस्था र करिब दुई हजारभन्दा बढी विद्यालयले प्रयोग गरिरहेका छन् । डाइनामिक टेक्नोसफ्टले नेपालमा वीरगञ्ज, काठमाडौं, इटहरी, बुटवल, पोखरा र जनकपुरमा शाखा विस्तार गरिसकेको छ भने भारतमा समेत तीव्ररूपमा आफ्नो बजार बढाइरहेको छ ।
विद्यालयलाई डिजिटल बनाउने उद्देश्यले विकसित गरिएको डाइनामिक एकेडेमिक इआरपी र सोको मोबाइल एप एक हजारभन्दा बढी विद्यालयले प्रयोग गरिरहेका छन् । साहका अनुसार कम्पनीले नेपाल र भारतमा मात्र सीमित नराखी आगामी समयमा भुटान, बंगलादेशजस्ता एसियाली मुलुकमा पनि सेवा विस्तार गर्ने योजना बनाएको छ । हाल कम्पनी वार्षिक १५ करोडको कारोबार र दुई सयभन्दा बढीलाई रोजगारी दिने स्थितिमा पुगेको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच