कालीकोट । कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटामा भएको बोलेरो जिप दुर्घटनाले पलाँता शोकमा डुबेको छ । आइतबार दिउँसो साढे २ बजे १९ जना यात्रु लिएर पलाँता गाउँपालिकाको खिनबाट थिर्पु जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । यस्तै प्रदेश अस्पताल सुर्खेतमा सल्यानका ४५ वर्षीय चालक धनिराम रावतको उपचारको क्रममा मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या सात पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार मृत्यु हुनेमा चालक रावतसँगै पलाँता-६ की दसकला शाही, पदम बम, भगवती रोकाया र गणेश शाही, पलाता-५ की छाँया शाही तथा पलाँता-३ का दमन रोकाया छन् ।
यस्तै दुर्घटनामा घाइते हुनेहरुमा पलाँता-६ का केशव थापा, किशोर थापा, विजय थापा, रिदम शाही, प्रतिक्षा शाही, आशिष रोकाया र भूपेन्द्र रोकाया, पलाँता–५ का दोली विक र आयुशा विक, पलाता-३ का दानबहादुर रोकाया, निर्मला रोकाया र जगत रोकाया रहेका प्रहरीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि सेनाको हेलिकप्टरद्वारा प्रदेश अस्पताल
बोलेरो जीप दुर्घटना भएको करिब डेढ घण्टापछि नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ ।
गाडीमा सवार १९ जनामध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएपछि १३ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरले उद्दार गरेको थियो । सुरुमा घाइते ७ जना र पछि ६ जना गरी घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
यस्तै, पलाँता राडुनेटामा भएको बोलेरो जिपका चालक धनीराम रावतको पनि उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ । दुर्घटनामा ६ जनाको घटनास्थलमै र चालक रावतको उपचारका क्रममा मृत्यु भएपछि मृत्यु हुनेको सख्या ७ पुगेको छ । घाइते १२ जनाको अवस्था पनि गम्भीर रहेको अस्पताल स्रोतले बताएको छ ।
कच्ची सडकमा सिट क्षमताभन्दा धेरै मान्छे गाडीमा राखेर कुदाउँदा भीरबाट जिप खसेको प्रहरीको अनुमान छ । दुर्घटना भएको गाडी सडकबाट करिब ५०० मिटर तल खसेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच