एजेन्सी । लालिगा फुटबलमा बार्सिलोनाले एक महिनापछि पहिलो हार बेहोरेको छ । आइतबार राती शेराल्डो बेकरले पहिलो हाफमा गरेको गोल निर्णायक बन्दा रियल सोसिडाडसँग एक-शून्यको हार बेहोरेको हो । शीर्ष स्थानमा रहेको बार्सिलोनाको घरेलु सिजनमा भने यो दोस्रो हार हो । योसँगै सात खेलसम्मको अपराजित यात्रा समाप्त भएको छ ।
बार्सिलोना अन्तिमपल्ट सेप्टेम्बर २८ मा ओसासुनाविरुद्ध भएको खेलमा चार–दुईले पराजित भएको थियो । त्यसपछि गेटाफे, भिल्लारियल, गिरोना, रियल भल्लाडोलिड, रायो भालेकानो, भ्यालेन्सिया, एट्लेटिको बिल्बाओ र रियल मड्रिडलाई पराजित गरेको थियो ।
बार्सिलोनाले युरोपको शीर्ष लिगमा ४० गोल गर्नुका साथै च्याम्पियन लिगमा सर्वाधिक १५ गोल गरेको छ । तर, सोसिडाडसँगको भेटमा भने फ्लिकको टोलीले कुनै पनि सट टार्गेटमा राख्न सकेन । बार्सिलोना ३३ अंकका साथ शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ६ अंकले अगाडि हो । एट्लेटिको मड्रिड २६ अंकका साथ तेस्रो स्थानमा छ । रियल सोसिडाड १८ अंकका साथ आठौँ स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच