लण्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई हराएको छ । आइतबार राती भएको खेलमा युनाइटेडले लेस्टरलाई तीन-शून्य गोलले हराएको हो । युनाइटेडका लागि ब्रुनो फर्नान्डेज र अलेजान्ड्रो गर्नाचोले एक-एक गोल गर्नुभयो । लेस्टरले एक गोल आत्मघाती गर्यो । जितसँगै युनाइटेड ११ खेलमा १५ अंकसहित १३औँ स्थानमा छ । लेस्टर १५औँ स्थानमा छ ।
राती नै भएको अर्को खेलमा चेल्सी र आर्सनलले एक-एक गोलको बराबरी खेलेका छन् । घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा पेड्रो नेटोको गोलमा चेल्सीले पाहुना टोली आर्सनललाई एक-एकको बराबरीमा रोकेको हो । आर्सनलले खेलको ६०औँ मिनेटमा ग्याब्रिएल मार्टिनेलीको गोलबाट अग्रता लिएको थियो । त्यसको दस मिनेटपछि नेटोले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।
आर्सनल लिगका पछिल्ला चार खेलमा जित निकाल्न असफल रहेको छ । चेल्सी भने १९ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ । समान १९ अंकमै आर्सनल रहेको छ । दुवै लण्डन टिम शीर्षमा रहेको लिभरपुलभन्दा नौ अंकले पछाडि छन् ।
अर्को खेलमा न्युक्यासलले नटिङहम फरेस्टलाई तीन-एक गोलले हरायो । नटिङहम १९ अंकसहित पाँचौँ र न्युक्यासल १८ अंकसहित आठौँ स्थानमा छ । यस्तै, इपस्वीच टाउनले टोटनहमलाई दुई-एक गोलले हरायो । टोटनहम दशौँ र इपस्वीच टाउन १७ औँ स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच