काठमाडौं । लुम्बिनी लायन्सले अभिनेता राजेश हमाललाई आगामी एनपिएलका लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ । सोमबार नक्सालस्थित हिल्टन होटलमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त घोषणा गरिएको हो ।
नेपाली चलचित्रका महानायकका रूपमा परिचित हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बेसडर बन्दा खुसी लागेको बताउनुभयो । हमालले भन्नुभयो, ‘लुम्बिनी लायन्ससँगको यस सहकार्यले मलाई अत्यन्त खुसी र गर्व महसुस गराएको छ ।
लुम्बिनी लायन्सको एनपिएलमा सफलता हासिल गर्ने लक्ष्य मात्र नभई समग्र क्रिकेट खेललाई नै प्रवद्र्धन गर्ने प्रतिबद्धता साँच्चै नै प्रेरणादायी छ । म यो सहकार्यमार्फत् लुम्बिनी लायन्स तथा नेपालीे क्रिकेटको प्रवद्र्धनमा आफ्नो योगदान दिन पाउँदा अत्यन्त उत्साहित छु ।’
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले हमाललाई ब्राण्ड एम्बेसडरका रूपमा स्वागत गर्दै भन्नुभयो, ‘चलचित्र जगत्को ‘लायन’लाई लुम्बिनी लायन्समा भित्र्याउन पाउँदा हामी निकै खुसी छौँ । हाम्रो लक्ष्य भनेको लुम्बिनी लायन्सलाई समग्ररूपमा एनपिएलको उत्कृष्ट टिम बनाउने हो र उहाँको आगमनले हाम्रो त्यही लक्ष्यतर्फको पाइलालाई झनै बलियो बनाएको छ । लुम्बिनीलाई एकदमै महत्व दिएर हामी अगाडि बढिरहेका छौँ र सोहीअनुरूप कप्तान, कन्सल्टेन्ट कोच तथा ब्राण्ड एम्बेसडरसँग साइन गरेका छौँ । म आफैं पनि लुम्बिनीमै जन्मेको र क्रिकेट खेलसँग पनि भावना जोडिएकाले मलाई गर्वको महसुस भइरहेको छ ।’ सम्झौताको अवधि एक वर्षका लागि रहेको अध्यक्ष जिसीले बताउनुभयो । सम्झौताको रकम भने खुलाइएको छैन । नेपाल प्रिमियर लिग (एनपिएल) आगामी १५ मंसिरदेखि ६ पुससम्म हुँदैछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच